देश

पत्रकार खड्कामाथिको आक्रमणको विरोध, आन्दोलनमा सहभागी हुन आह्वान

नवलपुर टुडे
२०८२ जेष्ठ १९ | बिहान ०९:०२ बजे

काठमाडौँ । ‘सत्य र न्यायको खोजी अभियान’ले देशमा फैलिएको भ्रष्टाचार, ठगी, बलात्कार, हत्या र मानव अधिकार उल्लंघनविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी ध्रुव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको एक स्टाटस मार्फत भनिएको छ,’हामीले यी ठगबन्धनकारीहर विरुद्ध मानव मात्र होइन, दानव नै आउँछन् भने पनि साथ दिनुपर्छ भन्ने होस्।’ अभियानका अनुसार गणतन्त्रको नाममा ३६ वर्षदेखि जारी सल्लाह, पालो र मिलेमतोका आधारमा सत्तामा पुगेका दल र नेताहरूले जनता माथि निरन्तर दमन गर्दै आइरहेका छन्।

पत्रकार सुरज खड्कामाथिको आक्रमणको विरोध गर्दै उनीहरूमाथि दण्डहीनता र अत्याचारको अन्त्यको माग गरिएको छ। अभियानले ती अपराधी प्रवृत्तिका मानिसहरूलाई ‘दानव’ संज्ञा दिँदै नेपाली जनताले अब चुप लागेर बस्न नहुने बताएको छ। ४८/४९ जस्तै व्यापक जनआन्दोलन आवश्यक छ,’अभियानले भनेको छ,’होस्टे होस्टे गरेर देशद्रोहीहरूलाई राजनीतिको छेउबाट हटाउनुपर्छ।’

अभियानले काँग्रेस, एमाले, माओवादी, मधेशवादी लगायतका पार्टीका भ्रष्ट्र नेताहरूबाट छुटकारा पाउन आ-आफ्नो ठाउँबाट उठ्नुपर्ने बताएको छ। साथै विचार, सिद्घान्त र न्यायको पक्षमा उभिने सबै नेपालीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ।

कमेन्टहरु