साहित्यकार भाग्यशाली अधिकारी हृदयघातको कारणले मृत्यु

नवलपुर टुडे
२०८२ जेष्ठ १९ | बिहान ०९:०२ बजे

काठमाडौँ । साहित्यकार भाग्यशाली अधिकारीको हृदयघातको कारणले मृत्यु भएको छ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउने अधिकारीको हृदयघातको कारणले निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनकी जेठी छोरी कविता अधिकारीको अनुसार खाना खाएर पानी खाँदा खाँदै ढलेको अधिकारीलाई केएमसी अस्पताल पुयाइएको थियो। अस्पतालमा डाक्टरले पाँचै मिनेटमा ल्याइपुयाएको भए पनि बिरामी बचाउन सकिने बताएको थियो।
साहित्यकार अधिकारीका एक छोरा र तीन छोरी छन्। उनी साहित्यका विविध विधमा कलम चलाउँथे। उनी सामाखुसी साहित्य समाजका अध्यक्ष हुन्। अमेरिकामा रहेको छोरा आइपुगेपछि उनको दाहसंस्कार गरिने उनकी छोरीले बताएकी छन्।























