यातायात

आजदेखि देशभरि सार्वजनिक यातायात बन्द, यात्रु अलपत्र

नवलपुर टुडे
२०८२ जेष्ठ १९ | बिहान ०६:०२ बजे
तस्बिर: धनबल राई

काठमाडौँ। यातायात व्यवसायीहरूले आज (सोमबार)देखि देशभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका छन्। आफूहरूले राखेका माग सरकारले सुनुवाइ नगरकाले सोमबारदेखि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

आजदेखि अत्यावश्यक अवस्थामा बाहेक सार्वजनिक यातायात बस, टयाम्पो, ट्रक, मिनीबस, जिप, माइक्रो बसलगायतका सबै सवारीसाधनन बन्द गर्ने निर्णय गरेका हुन्। सोही निर्णयको प्रभाव आज बिहानैदेखि काठमाडौं उपत्यकामा देखिएको छ। सार्वजनिक यातायात ठप्प भएपछि यात्रुहरू गन्व्यमा पुग्न सकेका छैनन्। उनीहरू सडक मै अलपत्र परेका छन्।

 

कमेन्टहरु