पत्रकार केसीको निधन

लालु चौधरी
कपिलवस्तु । ब्लड क्यान्सरबाट ग्रसित पत्रकार दीपक केसीको निधन भएको छ । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो ।
पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ ।
पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा उहाँको निधन भएको हो
प्रेस सेन्टरका सदस्यसमेत रहेका केसीको शनिवार अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।























