प्रवासी नेपाली मन्च युएई ले गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरी कार्यक्रम मनायो।

कविराज राजवंशी/ प्रवासी नेपाली मन्च युएई ले १८ औं राष्ट्रिय गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरी १५, जेष्ठ २०८२, तदअनुसार २९ में २०२५ प्रवास यूएईको दुवई सहरमा बिशेस कार्यक्रम आयोजना गरी मनायो।
कार्यक्रमकामा सभा अध्यक्षको रूपमा आसिन प्रवासी नेपाली मञ्च यूएई राष्ट्रिय कमिटि अध्यक्ष बाबुराम सापकोटा ज्यु हुनुहुन्थ्यो। उत कार्यक्रममा दीप प्रज्ज्वलन गरी सुरुवातभाएको थीयो । भने टक गुरुङ ज्युको प्रमुख आतिथ्यमा एक बिशेष कार्यक्रम सम्पन्न भयो |

कार्यक्रम संचालक प्रनेम राष्ट्रिय कमिटि कार्यबाहक सचिब सुमन भण्डारीले गर्नु भएको थियो । त्यसैगरि बक्ताहरु प्रनेम रा.क महिला सदस्य शुशिला भट्टराईले गणतन्त्र दिवसको वारेमा जानकारी दिँदै आफ्नो स्वागत् मन्तव्य राखेका थिए । अन्य पदाधिकारीहरुले समेत आफ्नो शुभकामना सन्देश दिनु भएको थियो जसमा हुनुहुन्छ । पुर्ब रा. क. महिला सदस्य सरस्वती न्यौपाने, प्रनेम उपाध्यक्ष बिष्णु लाल श्रेष्ठ, प्रनेम सल्लाहाकार परिषद सदस्य कृष्ण भट्टराई, प्रनेम मध्यपुर्ब सदस्य कृष्ण आचार्य, प्रनेम मध्यपुर्ब सन्योजक प्रकाश कोइराला, प्रनेम अन्तरराष्ट्रिय कमिटि सदस्य तथा युएई इन्चार्ज टक गुरुङ आदी ।

प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटि अध्यक्ष तथा उक्त कार्यक्रमको सभाध्यक्ष बाबुराम सापकोटा ज्यू ले गणतन्त्रका सुन्दर पक्ष र यस्का उपलब्धी को बारेमा आफ्ना भनाइ राख्दै कार्यक्रमका विसर्जन गर्नु भएको थियो |























