१८ औं राष्ट्रिय गणतन्त्र दिवस नेपाल एम्बेसी अबुधाबीमा सम्पन्न भयो।

१८ औं राष्ट्रिय गणतन्त्र दिवस नेपाल एम्बेसी अबुधाबीमा सम्पन्न भयो।
कविराज राजवंशी यूएई/ गणतन्त्र दिवसको अवसरमा नेपल एम्बेसी अबुधाबीमा १५, जेष्ठ २०८२, तदअनुसार २९ में २०२५ बिशेस कार्यक्रम आयोजना गरी मनायो।
कार्यक्रमकामा राष्ट्रियगान तथा ज्ञात अज्ञात शहीदहरुको सम्मानमा मौन धारण गरी शुरु भएको उक्त कार्यक्रममा महामहिम राजदूत, दुबईस्थित नेपाली महाबाणिज्यदूतावासका नवनियुक्त महाबाणिज्यदूत, राजदूतावास तथा महाबाणिज्यदूतावासका कूटनीतिक कर्मचारीहरु र युएईमा रहनु भएका विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न पेशा र व्यावसायसँग सम्बन्धित व्यक्तिहरु लगायत करिब १०० जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई संबोधन गर्दै महामहिम राजदूतथ श्री तेजबहादुर क्षेत्रीले गणतन्त्र दिवसको अवसरमा युएई लगायत देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै । राजदूतले नेपाली जनताको ठूलो बलिदान पछि प्राप्त भएको गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको कुरा बताउनु भयो । उहाँले विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आ-आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र नेपाली जनताको उज्ज्वल भविष्यका लागि एकतावद्ध भई अघि बढ्न समेत आह्वान गर्नु भयो ।
त्यसैगरी नवनियुक्त महाबाणिज्यदूत श्री हरिप्रसाद ओडारीले गणतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गर्दै सबैले इमान्दार, कर्तव्यनिष्ठ र देशप्रेमको भावनाले कार्य गर्न र मुलुकप्रति समर्पित हुन आजको दिनले सबैलाई प्रेरणा मिलोस भन्ने कामना व्यक्त गर्नुभयो। महाबाणिज्यदूत श्री ओडारीले युएईमा कार्यरत नेपालीहरुको भावना र चाहनालाई कदर गर्दै नेपाल सरकारले दुबईमा महाबाणिज्यदूतावसको स्थापना गर्ने निर्णय गरेको बताउदै महाबाणिज्यदूतावास स्थापना पश्चात प्रदान हुने सेवालाई प्रभावकारी बनाउन सम्पूर्ण संघसंस्था तथा नेपाली समुदायको सहयोग सदैव रहने अपेक्षा गर्नुभयो। उहाँले युएईमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना समेत व्यक्त गर्नु भयो।
उक्त अवसरमा यूएईमा क्रियाशील विभिन्न राजनीतिक दलसँग आवद्ध संघसंगठन तथा NRNA NCC UAE, पत्रकार महासँघ, DNIG, नेपाल जनप्रगतीशिल मञ्च युएई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिरुहरुले छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको समृद्धिका लागि आ आफ्ना क्षेत्रबाट योगदान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उक्त समारोहमा राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख श्री रन्जिता दाहालले स्वागत मन्तव्य राखु भएको थियो भने श्रम काउन्सेलर श्री दिपेन्द्र पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

राजदूतावासले गणतन्त्र दिवसको अवसरमा तीन दिनसम्म साँझ दिपावली गरी मनाउने कार्यक्रम तय गरेको छ ।























