नेपाल प्रहरीका ११ एसएसपीको डिआइजीमा बढुवा

नवलपुर टुडे
२०८२ जेष्ठ १६ | मध्यान्ह ०७:०२ बजे

काठमाडौं । नेपाल प्रहरीले ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएको जानकारी गराएको हो।
एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ डिआइजीमा बढुवा भएका हुन्।


























