देश

हिन्दू जागरण नेपाल अभियान शाखा युएईले आफ्नो वार्षिक उत्सव पुजा पाठ तथा सांस्कृतिक कार्यक्रम गरि भव्यताका साथ संपन्न गरे ।

कबिराज राजबंशी
२०८२ जेष्ठ १५ | मध्यान्ह ०८:०२ बजे

 

 

हिन्दू जागरण नेपाल अभियान शाखा युएईले आफ्नो वार्षिक उत्सव पुजा पाठ तथा सांस्कृतिक कार्यक्रम गरि भव्यताका साथ संपन्न गरे ।

कविराज राजवंशी यूएई/ ११ जेष्ठ २०८२ तदनुसार २५ मे २०२५ को दिन हिन्दू जागरण नेपाल अभियान शाखा युएईले आफ्नो वार्षिक उत्सव पुजा पाठ तथा बृहत सांस्कृतिक कार्यक्रम सँयूक्त अरब इमिरेट्सको वर दुवई सहरको yak And yeti club मा भव्यताका साथ सम्पन्न गरेकोछ ।IMG 20250528 WA0249 scaled

जस कार्यक्रममा सभा अध्यक्षको रूपमा हिन्दू जागरण नेपाल अभियान शाखा युएईको अध्यक्ष भूमिराज कंडेल ले गर्नू भएको थियो । प्रमुख अतिथिको रुपमा श्रम सल्लाकार नेपाल राज दुतावास अबुधाबी बाट आउनुहुने श्री दिपेन्द्र पौडेल ज्यूले गर्नुभएको थियो । विशिष्ट अतिथिहरूमा एनआरएन एनसिसी युएईका अध्यक्ष बिकास सही, ईनास युएईको अध्यक्ष एम. डी बोहरा, राजवंशी समाज विकास समिति यूएईका उपाध्यक्ष पुनम राजवंशी, संयोजक कविराज राजवंशी, लगायत अन्य जातिय संस्था प्रमुख, दुवईमा आबद्ध रहेको अन्य नेपाली संस्था प्रमुखहरु, जिल्ला संस्था प्रमुख लगायत यूएईका नेपाली व्यवसायी प्रमुखहरु रहेका थियो।IMG 20250528 WA0258 scaled IMG 20250528 WA0253 scaled

उक्त कार्यक्रममा बिशेष पूजा पाठ आचार्य समपत कुमार न्यौपाने गुरुजी बाट सम्पन गरीएको थियो। अन्य उपस्थिति पंडितहरुमा गणेश खरै ज्यु, तारा बराल ज्यू, श्री अर्जून प्रसाद ढकाल ज्यु पनि हुनुहुन्थ्यो।IMG 20250528 WA0256 IMG 20250526 WA0215 scaled

त्यसैगरी कार्यक्रमको शोभा बढाउन राजवंशी समाज विकास समितिको तर्फ बाट विशेष जातिय पोसाक सहित सांस्कृतिक नृत्य, मगर समाजको नृत्य प्रस्तुति, नेपाली डान्स ग्रुपको राष्ट्र प्रेमी गीतमा प्रस्तुति, रञ्जिता कुवरको बाजा तालमा, मधेसी एकता समाजको मैथली गीतमा नृत्यप्रस्तुति, डि.बी भण्डारीको कविता वाचन, लक्ष्मी पाण्डे भण्डारीको वाचन, हिन्दू जागरण नेपाल अभियान शाखा युएईको भजन मण्डलीको अद्भूत भजन कीर्तन सहित विशेष गरी पाकिस्तानबाट आउनु भएको आतिव असलमले निकै नै मधुर स्वरमा नेपाली गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिए थिए।

IMG 20250528 WA0247

IMG 20250526 WA0215 scaledकार्यक्रममा प्रमुख अतिथि पौडेलले आफ्नो भनाई मन्तब्य राखेका थिए भने कार्यक्रमको अध्यक्षले अन्तमा आफ्नो भनाई राखी औपचारिक कार्यक्रम समापनको घोसना गरेका थिए।

 

 

 

 

कमेन्टहरु