देश

भूकम्पका तीन धक्का

नवलपुर टुडे
२०८२ जेष्ठ १५ | बिहान १०:०२ बजे

कास्की । आज एकै दिन भूकम्पका तीनवटा धक्का महसुस गरिएको छ। बझाङ र कास्कीमा फरक-फरक समयमा तीन वटा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीकै अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

कमेन्टहरु