यातायात

यातायात व्यवसायीले १९ गतेदेखि देशैभरि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा

नवलपुर टुडे
२०८२ जेष्ठ १५ | बिहान १०:०२ बजे

काठमाडौँ । यातायात व्यवसायीहरूले यही जेठ १६ गते गण्डकी प्रदेश तथा जेठ १७ गतेदेखि देशभरि सबै किसिमका सार्वजनिक यातायातका साधनहरू ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष भरत नेपालका अनुसार जेठ १९ गतेदेखि बस, मिनिबस, माइक्रोबस, टयोम्पो मात्र नभइ कालो नम्बर प्लेट भएका सबै प्रकारका यातायात साधनहरू जस्तै टयाक्सी, टयांकर, मिनि ट्रक, टयाक्टर, पेट्रोलिय ढुवानी गर्ने साधानहरू समेत बन्द हुने छन्। ‘१६ गतेदेखि गण्डकी प्रदेशबाट सार्वजनिक यातायात ठप्प पार्छौं। त्यस बेलासम्म काठमाडौंमा आन्दोलनका अन्य कार्यक्रम गर्छौं,’ नेपालले भने, ‘१९ गतेसम्म पनि माग पूरा भएन भने जेठ १९ गतेबाट देशभरि यातायातका साधान ठप्प पार्ने छौं।’  

यातायात व्यवासायीहरूले राखेका मागहरूमा सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरी सातै प्रदेशका सरकारहरूले काुनन ल्याउने तयारी गरेको भन्दै गण्डकी प्रदेश सरकारले मिति २०८/२२/१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेजी गर्न माग राखिएको छ। यसैगरी सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८०/१२/२० गतेको परमादेश तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। सवारी ऐन २०४९ संशोधनको काममा रहेको अवस्थामा सरकारसँग यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनसँग विभिन्न मितिमा भएको सम्झौता सहमति र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग राखेका छन्।  

यातायात व्यवसायीहरूले राखेका अन्य मागहरूमा मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारीसाधनको भारवहन क्षमता कडाइका साथ लागु गर्नुपर्ने, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्न माग राखिएको छ। यसैगरी बिमा दर निर्देशिका २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहत कोषको स्थापना गरी ढुवानी ऐन लागु गरी मालवस्तुमा अनिवार्य बिमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्तामुखी, प्रविधिमैत्री बनाउन अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न तथा छिमेकी मुलुकहरूबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारीसाधनले नेपालको भन्सार नाकामै ७२ घन्टे सुविधा पाउने असमान नीति भएकाले तत्काल संशोधन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग राखेका छन्।  

आन्दोलमा उत्रिएका यातायात व्यवसायीहरूले आन्दोलनको घोषणा गर्दै जेठ १८ गते कालो झण्डासहित सवारीसाधनको ६ वटै प्रदेशमा विरोध र्‍यालीको आयोजना गर्ने भएका छन्। महासंघ नेपालका महासचिव नेपालका अनुसार महासंघले आन्दोलन घोषणा गरेपछि देशभरी ७ लाख सवारी साधनहरू आन्दोलनमा उत्रने छ। यस क्षेत्रमा १५ लाख नागरिकले प्रत्यक्ष र ४० लाख नागरिकले अप्रत्यक्ष रोजगारी पाएका छन्। उक्त आन्दोलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सर्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नेपाल यातायात मजदुर संघ लगायतका संघ, संगठन सहभागी भएको नेपालले बताए।

1748439614 491218091 1289178389233758 6283000432914143867 n
1748439614 491218126 2736030396580467 5963234849583362554 n

कमेन्टहरु