तस्कर, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जिप दुर्घटनामा घाइते प्रति उपचारमा माननीय दानी मार्फत सभामुखलाई ध्यानाकर्षण

उमेश रोकाया
२०८२ जेष्ठ १३ | मध्यान्ह ०७:०२ बजे

बाजुरा , जेष्ठ १३ । जिल्ला पुर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका – २ काडा कोटमा टेलिकम टावर मर्मत गर्न भनी गएको नेपाल टेलिकम कार्यालय बाजुराका प्रमुख लोक बहादुर खडका जिप चालक कर्ण बहादुर महत र रबिन्द धामी सहित ३ जनाको घटना स्थलमै मृत्यु भएको प्रति हार्दिक श्रद्धाञ्जली र घाइते नन्द तिरुवा र लोकेन्द्र तिरुवा गरि दुई जनाको उपचारमा सम्बन्धि निकायले ध्यानाकर्षण पुगोस् भनी सुदुरपश्चिम प्रदेश माननीय जुना धानीले सभामुख मार्फत ध्यानाकर्षण गराएका छन ।

बाजुरा जिल्लामा केही वर्ष देखि अवैध रूपमा किने बेच्ने भैरहेको लागु औषधको कुलतमा युवा समुदायको अवस्था निकै चिन्ताजनक छ । मदिरा व्यवस्था लगायत लागु औषध नियन्त्रण गर्न स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायको संयुक्त अभियान सञ्चालन गर्न जरुरी छ । यसको सफल कार्यान्वयनको लागि जिल्लाको सुरक्षा सयन्त्रको सक्रिय सहभागीता आवस्यकलाई सभामुख मार्फत ध्यानाकर्षण गराएको छ ।

दुर्गम जिल्ला बाजुरामा सरकारी कार्यालयका कार्यालय प्रमुखहरु अन्तै काजमा बस्ने र जिल्ला स्थित सरकारी कार्यालयका काम निमित्तको भरमा चल्ने हुँदा कार्यालय प्रदान गर्ने सेव सुबिधा जनताले निकै दुख सास्ती खेप्नुपरेको अवस्था छ । कार्यालय प्रमुखहरुले अनिवार्य जिल्लामा हाजिरी गराउन सम्बन्धि निकायलाई सभामुख मार्फत ध्यानाकर्षण गराएको छ । दैवीप्रकोप बाढी पहिरो जिल्लामा हुन्छ त्यसको एकद्वार प्रणाली मार्फत सामुदायिक सचेतना र उद्धार कार्यक्रम एकद्वार मार्फत गराउन भने सरकार मार्फत प्रदेश माननीय दानी द्वारा ध्यानाकर्षण गराएको छ ।

कमेन्टहरु