दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जीप दुर्घटनामा नेपाल टेलिकम कार्यालय प्रमुख सहित ३ जनाको मृत्यु

उमेश रोकाया
२०८२ जेष्ठ १३ | मध्यान्ह ०२:०२ बजे

बाजुरा , जेष्ठ १३ । जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कार्यालय प्रमुख खड्का, कर्मचारी रवीन्द्र धामी र जीप चालक कर्णबहादुर महताराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले  बताउनुभएको छ ।

बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षका नन्द बहादुर तिरुवा र अन्दाजी २२ वर्षीया लोकेन्द्र तिरुवा घाइते हुनुभएको छ ।  दुर्घटनाका घाइतेलाई कोल्टी अस्पतालमा उपचारका लागि एम्बुलेन्स मार्फत ल्याईएको बुझिएको छ ।

कमेन्टहरु