देश

आधा घण्टाको लागि स्थगन भएको संसद बैठक अझै सुरु भएन

नवलपुर टुडे
२०८२ जेष्ठ १३ | मध्यान्ह ०२:०२ बजे

काठमाडौँ । आधा घण्टाको लागि स्थगन भएको संसद बैठक अझै सुरु भएको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षीले सदन अवरोध गरेपछि आधा घण्टाको लागि स्थगन भएको संसद बैठक अझै सुरु हुन नसकेको हो।

बैठक चलाउने विषयमा सत्ता र प्रतिपक्षी दुवै पक्षका दलहरूबीच छलफल जारी रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक  श्यामकुमार घिमिरेले जानकारी दिएका छन्।

जारी प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिई अनुसन्धान प्रक्रियालाई सघाउन माग उठेको थियो। प्रतिपक्षीको अवरोधका बीच कांग्रेस सांसद घिमिरे बोल्ने क्रममा झनै चर्को विरोध उठेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि सदन स्थगत गरेका हुन्।

यसअघि, सभामुख घिमिरेले सदन अवरोध नगरी गृहमन्त्री लेखकलाई आफ्ना कुरा राख्नको लागि वातावरण बनाउन विपक्षी दलका सांसदहरूलाई आग्रह गरिरहेका थिए। तर, माहोल विपरित भएपछि उनले स्थगन गरेका हुन्। प्रतिपक्षी दलका सांसदरहरूले गृहमन्त्रीले राजीनामा नदिसम्म सदन चल्न नदिने अडान लिइरहेका छन्।

कमेन्टहरु