जाजरकोट केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युड भूकम्प

नवलपुर टुडे
२०८२ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे

काठमाडौँ । सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो ।
यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।























