मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
ट्याक्टर बहस सम्बन्धि जनचेतनामूलक कार्यक्रम


बाजुरा , जेष्ठ ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ट्याक्टर बहस सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो । प्रहरी चौकी धुलाचौरको आयोजनामा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली अनुसार नव-प्रवर्तनिय कार्य ट्याक्टर बहस कार्यक्रम धुलाचौरमा गरिएको छ । विशेषगरी पछिल्लो समय ट्याक्टर दुर्घटना बढ्दो अवस्थालाई मध्यनजर कार्यक्रम गरेको हो । ट्याक्टर गितको ठुलो धुन, चालक बिहिन सह-चालकले चलाउने, सडक क्षेत्रमा ट्याक्टर हर्न नबजाउने थुप्रै कारणले ट्याक्टर दुर्घटना हुने गरेको छ ।
अहिलेसम्म ५ सय ६३ वटा ट्याक्टर कार्वाही गरेको छ । ३ लाख ७१ हजार ५ सय राजस्व संकलन भएको छ । ट्याक्टर प्रयोजन विपरीत, लाइसेन्स नभएको, लापरबाही गरेर चलाएमा, सवारी साधन दर्ता नभएको र मापसे गरेकोहरुलाई नियम अनुसार राजस्व उठाउने गरेको छ । पछिल्लो समय विशेषगरी तराई क्षेत्रमा विवाह र पिकनिक गर्दा प्रयोग गर्ने गरेको देखिन्छ । ट्याक्टर दुर्घटनाबाट सवारी हरेक कुरामा ध्यान जानुपर्ने कोल्टी ईलाका प्रहरी कार्यलय प्रमुख लोगराज अवस्थिले बताए ।
सबैभन्दा ट्याक्टर दुर्घटना हुने गरेको छ । ५० प्रतिशत ट्याक्टर दुर्घटना हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०८०/०८१ को अनुसार ६ वटा ट्याक्टर दुर्घटना ६ जना घाइते र ६ जना मृत्यु भएको छ । आर्थिक वर्ष २०८१/०८२ तथ्यांक अनुसार ३ वटा ट्याक्टर दुर्घटना मध्य ३ जनाको मृत्यु र ३ जना घाइते भएको छन । जिल्ला भरी १ सय ७ वटा ट्याक्टर सञ्चालनमा आएका छन ।
ट्याक्टर दुर्घटना हुनुको कारण लाइसेन्स नभएको मान्छेले चलाउने, ट्रालीमा सामान क्षमता भन्दा बढी लोड गर्नाले, मदिरा सेवन गर्नाले र लापरबाही तरिकाले चलाउने गर्दागर्दै ट्याक्टर दुर्घटना हुने गरेको छ । ट्याक्टर एक जनाको सिट हुने मान्छे विभिन्न हिसाबले चढाउने गरेको पाइन्छ । आफुले जाने सम्म काम गर्न तयार छौँ । आगामी दिनमा कार्यक्रम सुझाव सल्लाहलाई लागु हुनेगरी काम गर्ने भएको अवस्थीले बताए ।
ट्याक्टर बस कार्यक्रमलाई सधै गरियो भने प्रभावकारी हुन सक्छ । सान लोभले ठुली क्षति भएको हुन्छ । जुन ठाउँमा जे गरिरहेका छौँ । त्यो वास्त नगरेको देखिन्छ । अहिले गाडी लापरबाही राख्ने गरेको छ । आगामी दिनमा गाउँपालिका समन्वय गरेर यस्ता कार्यक्रम गर्न तयार छौँ हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताए ।
कार्यक्रम सभा अध्यक्ष हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की अतिथि हिमाली गाउँपालिका – ६ वडा अध्यक्ष प्रेमलाल भण्डारी सवारी चालक, ब्यापारी र स्थानीयहरुको बाक्लो उपस्थितिमा ट्याक्टर बहस सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको प्रहरी चौकी धुलाचौरले बताएको छ ।























