मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सुपखोला झोलुङ्गे पुल अध्यक्ष मल्ल द्वारा उद्घाटन

उमेश रोकाया
२०८२ जेष्ठ ११ | बिहान १०:०२ बजे

बाजुरा , जेष्ठ ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ५ को सुपखोला झोलुङ्गे पुल हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले रिबन काटेर उद्घाटन गरेका छन । हिमाली गाउँपालिका र स्वाप साझेदारीमा झोलुंगे पुल निर्माण  गरिएको छ । सुपखोलामा पुल नहुँदा वर्षौँदेखि यहाँका जनताले निकै सास्ती बेहाेर्दै गएको अध्यक्ष मल्लले बताए।

विगत लामो समयदेखि झोलुंगे पुल निर्माण हुँदा त्यहाँका स्थानीयमा खुसियाली छाएको छ । विशेषगरी हिउँदको महिना खोलामा पानीको मात्र घटेको हुँदा त्यहाँका स्थानीयहरूलाई आवतजावत गर्न सजिलो भए पनि बर्खाको सिजनमा आवतजावत गर्न अप्ठ्यारो अवस्था थियोे । अहिले खोलामा पुल निर्माण भएपछि वडा नम्बर २ को रुम्दी, कोट र नातिखोला गाउँमा बस्ने स्थानीयकाे सहजता भएको छ । स्थानीय मुख्य समस्यालाई मध्यनजर गर्दै झोलुंगे पुल निर्माण कार्य गरेको बताए । 

विगत लामो समयदेखि आवतजावत गर्न समस्या झेल्दै आएको र सुपखोला झोलुंगे पुल निर्माण हुँदा निकै खुसी भएको स्थानीय पवन बुढाले बताए । वर्षदेखि बाह्रै महिना खोला आवतजावत गर्न समस्याको समाधान गरेको गाउँका सबै खुशी भएको छौँ । 

गाउँपालिका वडा नं ५ र वडा नं १,२ र ३ वडाका बस्तीलाई जोड्ने सुपखोलामा झुलंगे पुल निर्माणको काम सम्पन्न गरि गाउँपालिका अध्यक्षबाट उद्घाटन भएको छ । उक्त पुल १ सय २० मिटर लम्बाई रहेको छ । पुलको निर्माण काम २०७८ सालबाट सुरू भएको २०८२ मा सम्पन्न गरिएको छ । सुपखोला झोलुङ्गे पुल वडा १,२,३ र ५ का गाउँका मान्छेहरू लाभान्वित भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन ।

पुलको प्रति मिटर ५८ हजार ७ सय ९१ रुपैयाँ ८८ पैसा लागत अनुमान रहेकोे छ । सामाजिक तथा प्राविधिक सहयोग पीसविन नेपालले गरेको हो । हिमाली गाउँपालिकाको नगद लगानी ९ लाख ९१ हजार ५ सय ९२ रुपैयाँ २९ पैसा रहेकोे छ । प्रदेश (IDO) समुदायको स्थानीय निर्माण सामग्री निर्माण १ लाख ५२ हजार ५ सय ५२ रुपैयाँ ६६ पैसा रहेकोे छ । झोलुङ्गे पुल कार्यक्रम (SWAP) दातृ संस्था क्षेत्रगत साझेदारी पुल निर्माण गरिएको छ ।
,
टि.वि.यस.यु. बाट गाउँपालिकामा प्राप्त बजेट फलामे समान , सिमेन्ट, औजार रड तथा अन्य समान सहयोग भएको छ । स्थानिय निमार्ण समाग्री तथा योगदान लगायतका खर्च गरेर जम्मा ७६ लाख २७ हजार ६ सय ३३ बराबरको झोलुङ्गे निर्माण गरिएको छ । वर्षौंदेखि खोला वारपार गर्न समस्याको समाधान भएको छ । पुल निर्माण भएपछि बिच्छ्या बासी सहित आवतजावत गर्न सजिलो भएको अधिकृत भण्डारीले बताए ।

कमेन्टहरु