समाचार

सशस्त्र प्रहरी बलकाे ज्यादती विरुद्ध कृष्णनगर बजार बन्द

नन्द किशोर कुर्मी (लालु)
२०८२ जेष्ठ १० | मध्यान्ह ०१:०२ बजे

कपिलवस्तु, जेठ १० । सशस्त्र प्रहरी बलद्वारा सर्वसाधारणमाथि भईरहेकाे ज्यादती विरुद्ध जिल्लाकाे कृष्णनगर बजार बन्द रहने घाेषणा गरेकाे छ। उद्योग वाणिज्य संघ कृष्णनगरले कपिलवस्तुका विभिन्न ठाउंमा सशस्त्र प्रहरी बलद्वारा सा-साना व्यापारी, सर्वसाधारणलाई भईरहेकाे ज्यादती विरुद्ध साेमबार कृष्णनगर बजार बन्द रहने घाेषणा गरेकाे छ ।

संघका अध्यक्ष रितेश शर्माले सिमा क्षेत्रका साना व्यापारी र सर्वसाधारणले ल्याउने थाेरैमात्रका मालसमान समातेर भन्सार बुझाउने सशस्त्र प्रहरी बलकाे आतंक बढी भएकाेले स्थानीय सबै त्रासित बनेका छन त्यसैले विराेधमा उत्रिनुपर्ने बाध्यता भयाे । बैशाख १२ साेमबार कृष्णनगर बजार बन्द रहनेछ तरपनि सशस्त्र प्रहरी बलकाे रवैयामा सुधार भएन भने अनिश्चितकालीन बजार बन्दी लगायत आन्दोलनमा समेत जाने बताउनुभयो ।

विगत केही दिनदेखि सशस्त्र प्रहरी बलले भारतबाट ल्याउदै गरेका मलखाद, विहेवारिका मालसमान , साना व्यापारीका मालसमान लगायत सर्वसाधारणसमेतलाई चेकजाँच गरि मालसमान भन्सार बुझाउदै आएकाे स्थानीय व्यापारीहरु बताउँछन् । जनप्रतिनिधिकाे सुझावसमेत नजरअन्दाज गर्दै आएकाे सशस्त्र प्रहरी बलले तस्करीकाे मालसमान हाे भनी धमाधम भन्सार चलान गरेपछि हिजाे बहादुरगंजमा स्थानीयले विराेध गरेका छन । बहादुरगंजका केही व्यापारीले भारतीय मलखाद नेपालभित्र पठाउने गर्ने व्यवसाय गर्दै आएका थिए ।

अवैध मलखाद रहेकाे भन्दै सशस्त्र प्रहरी बलले भन्सार पुर्याउन लागेपछि स्थानीयले गाडीबाट मलखाद खाेसेर सरकार विरुद्ध नारावाजीसमेत गरेका थिए । किसानलाई मलखाद बिउ नदिए खेतमा कहाँबाट ल्याएर हाल्ने ? भनी सरकार र प्रशासन विरुद्ध नाराबाजी गर्दै केहीबेर चाैकमा विराेध गरेका थिए । अहिले किसानलाई मल र विउकाे आवश्यकता बढेकाले भारतीय मल बिउमा निर्भर किसान युरिया, डिएपी बहादुरगंज र महाराजगन्ज, ताैलिहवा लगायतका बजारबाट किनेर लग्ने गरेका छन ।

कमेन्टहरु