कृष्णनगरबाट पांच लाख भारतीय रकमसहित एक जना पक्राउ


कृष्णनगर । इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकमसहित एक जना पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेकोbसमयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ।
शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन गा.वि.स. वडा नं. ९ हाल चम्पादेवी गाँउपालिका वडा नं.१० रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झोला भित्र पलाष्टिकमा १० (दश) गड्डी भा रु ५०० (पाँच) सय दरका भारतीय नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिएका छन्।
पांच लाख भारतीय रकमसहित राम कुमार तेलाङ्गीलाइ नियन्त्रणमा लिइ थप आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।























