राजनीति

लुम्बिनी प्रदेश सभाको आठौं बैठक बस्दै

नवलपुर टुडे
२०८२ जेष्ठ १० | बिहान ०६:०२ बजे

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार छैठौं अधिवेशनकाे आठौं बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने, त्यसपछि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनेछन् ।

छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूचीमा समावेश गरिएको छ । यसपछि मुख्यमन्त्री आचार्यबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूचीमा समावेश गरिएको छ ।

कमेन्टहरु