रुपन्देहीको ठुटीपीपलमा महिलाहरुका लागि १५ दिने वाद्यवादन तालिम शुरु


बुटवल । ओमसतिता गाउँपालिका रुपन्देहीको आयोजना र रुरल एण्ड डेभलमेन्ट कन्सल्टेन्सी सर्भिसको प्राविधिक सहयोगमा महिलाहरूका लागि १५ दिने वाद्यवादन तालिम ठुटीपीपलमा शुरू भएको छ ।
कार्यक्रममा ओमासातिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले परम्परागत कला संस्कृतीको पहिचानलाई जगेर्ना गर्नको लागि यस्ता तालिम आवश्यक पर्ने बताउनु भयो । सिकेका सिप व्यवहरमा उतार्ने र आयआर्जनको लागि पनि सीपलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा ओमसतिया- १ की सदस्य गंगा थापा, वडा नम्बर ३ की वडा सदस्य बसन्ती छन्तेल पुन, पत्रकार सरु राना लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष्य सुनिता चौधरीको अध्यक्षता, लुम्विनी विकास मञ्चको अध्यक्ष सन्दीप कुमार गुप्ताको स्वागत, रुरल एण्ड डेभलमेन्ट कन्सल्टेन्सी सर्भिसको संचालक रमणी डुम्रेले संचालनगर्नु भएको थियो ।

लोक बहादुर मिजारले सहजीकरण गर्ने तालिममा ओमसतिया- १ का ४९ जना महिलाको सहभागिता रहेको छ ।























