देश

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापन गरिने

रिदेन महर्जन
२०८२ जेष्ठ ९ | मध्यान्ह ०४:०२ बजे

काठमाडाैं । कीर्तिपुरमा विंरगना रानी कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना गरिने बारेमा  कीर्तिपुर वडा नं. १० कार्यालयमा बैठक बसेकाे  छ ।

जेठ ३ गते शनिबार बसेकाे बैठकमा कीर्तिपुर वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जन, सामाजिक अभियान्ता सरल गाेपाल महर्जन तथा कीर्तिपुरका  १० वडाका अध्यक्ष नरेश महर्जन, संस्कृतविद् प्रयागमान प्रधान तथा बागमती प्रदेश सांसद एवम् पूर्वमन्त्री पुकार महर्जन लगायत सम्पदाप्रेमीहरूले उपस्थित जनाएका थिए ।

साे बैठक कार्यक्रममा कीर्तिलक्ष्मी प्रतिमा निर्माण उपभाेक्ता समिति तथा  सम्पदा तथा सामाजिक अभियान्ता  शुद्वरत्न महर्जनले कीर्तिपुरकाे इतिहासकाे चर्चा गर्दै विरंगना कीर्तिलक्ष्मीकाे प्रतिमा बनाउने कार्य लगभग पूरा भएकाले अहिले रंगराेगन गर्ने कार्य बाँकी रहेकाे जानकारी गराए ।

त्यसैगरी संस्कृतविद् प्रयागमान प्रधानले कीर्तिराज्यलक्ष्मीकाे प्रतिमा निर्माणले  स्व. हरिशरण महर्जनकाे सपना साकार हुन लागेकाे जनाउँदै सम्पूर्ण कीर्तिपुरका स्थानीय बासिन्दाकाे धारणा सुनेर कीर्तिराज्य लक्ष्मीकाे प्रतिमाकाे आकार दिएकाे जनाए । उनले विशेषगरी प्रतिमा स्थापनामा प्राविधिक समस्या सामना  गर्नु पर्नेमा जाेड दिए ।

साे बैठकबाट कीर्तिपुरकै गाैरवकाे  रूपमा कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव प्रवेशद्वार बाहिर राखिने  जानकारी गराइकाे थियाे ।

कीर्तिपुरवासीले कीर्तिलक्ष्मीलाई गाेरखाली फाैज पृथ्वनारायण शाहसंग युद्वको क्रममा कीर्तिपुरको तर्फवाट नेतृत्वसहित विरता प्रर्दशन गरेकाे सम्मान स्वरूप विरंगना कीर्तिलक्ष्मीको प्रतिमा प्रतिस्थापनाकाे तयारीका लागि सरोकारवालहरुवीच  छलफल भएकाे थियाे । जसअनुरूप कीर्तिपुरको प्रवेशद्धार कीर्तिपुर नगरपालिकाले लेबोटरी स्कूल नजिक नयाँ बाटोमा निर्माण गर्ने तयारी गरेको छ भने उक्त स्थानमा नै कीर्तिलक्ष्मीको प्रतिमा  राख्ने भएकाे छ ।

साे बैठकबाट  कीर्तिलक्ष्मीको प्रतिमा तयार भइहेकाले अव केहि दिनमै बाजागाजासहित उक्त प्रतिमालाई कीर्तिपुरमा ल्याउने व्यवस्थापन  कीर्तिपुर वडां १० ले जिम्मेवारी लिने वडा अध्यक्ष नरेश महर्जनले जानकारी गराए।

बागमती प्रदेश सांसद एवम् पूर्व मन्त्री पुकार महर्जनले समाजमा राम्राे काम गर्नेलाई सम्मान गर्नु पर्ने जनाए । उक्त बजेट कूल विनियोजित १६,६६,९५३। ६४ (१६, लाख, छसाठ्ठी हजार नाैसय त्रिपन्न), पर्यटन विकास अायाेजनाबाट  रू. १४,४२, २२६।७९ (१४ लाख, ४२ हजार २ हजार छब्बिस) तथा उपभाेक्ताबाट रू. १,६७,०३७।७८ ( १ लाख, ६७ हजार ३७) ब्यहाेरेर  निर्माण भएको थियाे ।

यस्ताे छ  प्राप्त अभिलेख :photo 2025 05 23 16 27 28

कमेन्टहरु