पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पत्रकार पूर्णिमा

नवलपुर टुडे
२०८२ जेष्ठ ९ | बिहान १०:०२ बजे

काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँ पटक आरोहण गरेर काठमाडौँ फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी हुन्। उनले आइतबार बिहान ३:३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन्।
उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् । त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।
आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।























