मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
देउडा लोक सास्कृतिक कार्यक्रममा पत्रकार रोकाया सम्मानित


बाजुरा , जेष्ठ ०९ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा देउडा लोक सास्कृतिक कार्यक्रममा पत्रकार उमेश रोकाया सम्मानित गरिएको छ । “पुरानो संस्कृतिको जगेर्ना र संरक्षण हाम्रो अभियान भाषा कला अहितको लोक संस्कृत हिमालीको पहिचान” अभियानका साथ जेष्ठ ७ र ८ गतेसम्म गरिएको स्थानीय संस्कृतिको संरक्षण तथा सम्वर्द्धन कार्यक्रम पत्रकार रोकायालाई सम्मानित गरिएको छ ।
नेपाल देउडा संस्कृति संरक्षण समितिको आयोजनामा हिमाली गाउँपालिका धुलाचौरमा यही जेष्ठ ७ गते देखि ८ गतेसम्म संचालन भएको स्थानीय संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि पत्रकार विधाले पुरानो संस्कृति संरक्षणमा अपुरणीय सहयोग गर्नु भएकोमा पत्रकार उमेश रोकायालाई सम्मान-पत्र प्रदान सहित पुरस्कार हस्तान्तरण गरिएको छ ।
पत्रकार रोकाया विगत ५ वर्षदेखि अनलाइन मिडिया, पत्रपत्रिका र रेडियोमा कामकाज गर्दै आइरहेका छन । अहिले कार्यरत नवलपुर टुडे, रातो न्युज र न्यु मिसन राष्ट्रिय पत्रीका बाजुरामा सम्बादाता रूपमा काम गर्दै आएका छन ।























