धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
देउडा लोक सास्कृतिक कार्यक्रम हिमालीमा समापन


बाजुरा , जेष्ठ ८ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा देउडा लोक सास्कृतिक कार्यक्रम समापन गरिएको छ । नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा जेष्ठ ७ र ८ गते लोक सास्कृतिक कार्यक्रम गरेका छन । कार्यक्रममा भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा खेल र पञ्चेवाजा, पुरानो महिला देउडा खेल, रोपाइ अवाली, हुडकें नाच, बालो मार्ने खेल, श्री पञ्चमी माग्ने र चम्पानाच कार्यक्रम भव्यरूपमा प्रस्तुती गरिएको छ ।
विभिन्न कार्यक्रम प्रस्तुति देउडा खेल लगायत प्रत्येक गाउँबाट सास्कृतिक कार्यक्रमको टिमलाई नगद सहित सम्मान प्रमाणपत्र वितरण गरिएको छ । विशेषगरी देउडा पारखी हिमाली गाउँपालिका बरिस्ठ देउडा खेलाडी मंगल बुढा र रण बहादुर अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । छिमेकी जिल्ला हुम्ला र मुग देउडा खेलाडी सहित स्थानीय साँस्कृतिक बेजोड प्रस्तुती कार्यक्रम संगै प्रत्येक वडाका महिला र पुरुष अलग अलग देउडा प्रतिस्पर्धा कार्यक्रम गरिएका थिए । देउडा खेल प्रतिस्पर्धामा गर्ने खेलाडीहरुलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको नेपाल देउडा संस्कृती संरक्षण समितिका सचिव रमेश भण्डारीले बताएका छ्न ।
हिमाली गाउँपालिकामा आधिकारिक विधान र निति नियम अनुसार पहिलोपटक नेपाल देउडा संस्कृती संरक्षण समिति सञ्चालनमा आएको छ । उक्त सञ्चालन गर्न पहिलो उद्घाटन कार्यक्रम संगै विभिन्न देउडा सास्कृतिक संगै प्रत्येक गाउँमा पहिलेदेखि मनाउदै आएका परम्परालाई जोगाउनका लागि देउडा सास्कृतिक कार्यक्रम भव्य रूपमा मनाएका छौँ । पुरानो सास्कृतिकलाई संरक्षण गर्न हामी सिङ्गो टिम एकजुट भएको छ । कार्यक्रम दुई दिनसम्म सञ्चालन गरेर आज बिहीबार समापन गरिएको नेपाल देउडा संस्कृती संरक्षण समितिका अध्यक्ष दिपचन्द्र पाध्यायले बताएका छ्न ।
समापन कार्यक्रममा सभा अध्यक्षतामा नेपाल देउडा संस्कृती संरक्षण समितिको अध्यक्ष दिपचन्द पाध्याय प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि उपाध्यक्ष राजकला सार्की, नेपाल एकीकृत समाजबादी केन्द्रिय सदस्य अज बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी अतिथि हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डे, नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश विक, नेकपा एमाले जिल्ला कमिटी सदस्य अर्जुन रोकाया, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बिरेन्द्र मल्ल, दल बहादुर मल्ल सुरक्षाकर्मी सहित सहभागिता रहेका छन । उक्त कार्यक्रम संचालक जयलाल विकले गर्नुभएको छ ।























