मंगलबार पाल्पामा थपिए १३ काेराेना संक्रमित संख्या
टोप कामु मगर
२०७७ अशोज ६ | मध्यान्ह ०४:०६ बजे

पाल्पा । मंगलबार पाल्पामा १३ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । पाल्पा स्वास्थ्य कार्यालयका अनुसार पाल्पामा २४ घण्टामा १३ जना काेराेना संक्रमित थपिएका हुन् ।
मंगलवार पाल्पाको रैनादेवी छहराका २ रिब्दीकाेटका ११ र रामपु्रका १ जना गरी ११ जना पुरुष र २ महिलामा काेराेना देखिएकाे स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा स्वास्थयकर्मी सहित समुदाय स्तरमा काेराेना देखिएकाे स्वास्थय कार्यालयले जनाएकाे छ । पाल्पामा पछिल्लाे समयमा समुदाय स्तरमा काेराेना संक्रमण फैलिदै गएकाे छ । साेमवार साँझसम्म पाल्पामा १६ जना स्वास्थ्यकर्मी सहित कुल १ सय २४ जना समुदाय स्तरका संक्रमित देखिएका छन् ।
पाल्पामा मगलवार थपिएका १३ सँगै अहिलेसम्म ७ सय १३ जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ८८ जना निकाे भएर घर फर्किएका छन् भने ४ जनाकाे निधन भएकाे छ ।























