बिश्व

पाकिस्तानद्वारा भारतीय उच्चायोगका एक कर्मचारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश

एजेन्सी
२०८२ जेष्ठ ८ | मध्यान्ह ०१:०२ बजे
 

काठमाडौँ । भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव जारी छ। पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भनेको छ।

सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टाभित्र पाकिस्तान छोड्न भनिएको छ। पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका चार्ज डी अफेयर्सलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको छ।

भारतीय कर्मचारीमाथि पाकिस्तानमा उनको आधिकारिक हैसियत अनुरूप नभएका गतिविधिहरूमा संलग्न भएको आरोप लगाइएको छ। भारतीय कर्मचारीलाई २४ घण्टाभित्र भारत छोड्न भनिएको छ।

यसअघि मे २१ मा भारत सरकारले पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई ‘अवांछनीय व्यक्ति’ घोषित गरेको थियो।

भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तान उच्चायोगलाई भारतमा रहेका कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियतको कुनै पनि हिसाबले दुरुपयोग नगरोस् भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ।

कमेन्टहरु