दुर्घटना

चितवनको गाइघाटमा दुई ट्रक आपसमा ठोक्किए,सात जना घाइते

नवलपुर टुडे
२०८२ जेष्ठ ८ | बिहान ०९:०२ बजे
चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा दुई ट्रक एक आपसमा ठोक्किदा सात जना घाइते भएका छन ।
आज बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

घाईतेहरु रौतहट बौदीमाई न.पा.७ बस्ने बर्ष २५ को जयकान्त राय यादव, रौतहट बौदीमाई न.पा.७ बस्ने बर्ष २५ को हरिशंकर यादव, रौतहट बौदीमाई न.पा.७ बस्ने बर्ष २० को आकाश यादव, रौतहट बौदीमाई न.पा.७ बस्ने बर्ष २० को रबि कुमार यादव, रौतहट बौदीमाई न.पा.७ बस्ने बर्ष १९ को अनिल कुमार यादव, बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक चालक चितवन भरतपुर महानगरपालिका- १२ मुनाल चोक बस्ने बर्ष ३७ को सन्तोष सुबेदी र ना६ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरुडा नगरपालिका- ५ बस्ने बर्ष ३४ को धनराज कुमार यादव रहेका छन ।

घाईतेहरु ना६ख ९८९७ नम्बरको ट्रकमा सवार ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको छ । दुबै जना ट्रक चालकको नयाँ मेडिकल कलेजमा उपचार भई रहेको छ । दुवै ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

कमेन्टहरु