भरतपुर ६ र फुलबारी युग फुलबारी राइनो फुटबलको फाइनलमा

नवलपुर टुडे
२०८२ जेष्ठ ६ | मध्यान्ह ०८:०२ बजे

भरतपुर । खेलकुद बिकास समिति भरतपुर ६ र फुलबारी थुथ क्लब प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
आज सम्पन्न सेमिफाइलमा जीत हात पार्दै भरतपुर ६ र फुलबारी युथ उपाधि नजिक पुगेका हुन् । फाइनल प्रवेशका लागि भरतपुर ६ ले काभभ्रेघाटलाई ४-० ले पाखा लगायो ।
अर्को सेमिफाइनलमा फुलबारी युथले पार्वती खुकुरी गाइजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा फुलबारी २-१ ले विजयी भयो । उपाधि भिडन्त भोलि हुनेछ ।
श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।























