भैरहवाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ ६ | मध्यान्ह ०८:०२ बजे

बुटवल । भैरहवाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- ८ बस्ने बर्ष २० को राहुल हरिजन रहेका छन । उनलाई सोही नगरपालिका- ३ खजहना चिल्ड्रेनपार्कबाट पक्राउ गरिएको हो ।
लागुऔषध कारोबार भैईरहेको भन्ने विशेष सुचनाको आधारमा लागुऔषध ब्युरो शाखा भैरहवा र प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका हुन । उनको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम ८ मिलिग्राम बरामद गरिएको सुचना अधिकारी एवम डीएसपी सुरज कार्कीले जानकारी दिएको छ ।
उनलाई अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको अनुमती लिई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाईएको कार्कीले बताए ।























