अपराध

परासीबाट खैरो हिरोईनसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ ६ | मध्यान्ह ०८:०२ बजे

परासी । पश्चिम नवलपरासीबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईनसहित एक जना आरोपित पक्राउ परेका छ्न । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- ९ कर्मैनी बस्ने बर्ष ४८ को सुरेन्द्र प्रसाद हरिजन रहेका छन ।

उनलाई लागुऔषध खैरो हिरोईन कारोबारी गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा धर्मशालाको खाटमा रहेको बिस्तारा मुनि लुकाई राखेको अवस्थामा खैरो हिरोईन ५० पुडिया(नेट तौल ४६.३८० ग्राम) फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम डीएसपी वीर दत्त पन्तले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय परासीको हिरासतमा राखी थप अनुसन्धान भैईरहेको पन्तले बताए ।

कमेन्टहरु