सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतलको शिबिर सम्पन्न

नवलपुर टुडे
२०८२ जेष्ठ ६ | मध्यान्ह ०७:०२ बजे

राजेन्द्र सिंह
पर्सा । बाराको जितपुरमा रहेको सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतलको शिबिर सम्पन्न भएको छ । शिबिरमा करिब ३५० जना विद्यार्थीको आँखा निशुल्क परिक्षण भएको अस्पतालका संचालक डा अमर क्यालले जानकारी दिनु भयो ।
सो मध्ये ४५ जनामा रिफरेक्टिभ ईरर अर्थात दृष्टी दोष देखिएको र उनिहरुलाई किरण आँखा अस्पतालमा रिफर गरिएको डा क्यालले जानकारी दिनु भयो । पछिल्लो समय किरण आँखा अस्पतलले बाराको बिभिन्न विद्यालयहरुमा निशुल्क शिबिर संचालन गरिरहेको छ ।

























