नवलपुरको थुम्सीमा बस र माईक्रो बस ठक्कर, ९ जना घाइते


कावासोती । नवलपुरको गैडाकोट थुम्सीस्थित बस र माईक्रो ठक्कर खादा ९ जना घाइते भएका छन ।
घाईतेहरु माइक्रो बस चालक रुपन्देही जिल्ला देवदह नगरपालिका-२ बस्ने बर्ष ४२ को बिनोद सिह ठाकुर (निधारमा चोट मध्यम), माइक्रो बसको सहचालक सोही स्थान बस्ने बर्ष २९ को गोपाल मगर (शरिरको बिभिन्न भागमा चोट मध्यम), सोही माइक्रोमा सवार भरतपुर महानगरपालिका- १६ बस्ने बर्ष २१ की अनिता नेपाली (निधारमा चोट मध्यम), सोही स्थान बस्ने बर्ष ३६ की बिण्णु नेपाली (टाउकोमा चोट मध्यम), बुटवल उपमहानगरपालिका- ५ बस्ने बर्ष २२ की बर्षात सुबेदी (भित्री चोट मध्यम), बुटवल उपमहानगरपालिका- १३ बस्ने बर्ष ३० की जमुना लामा(हात र खुट्टामा सामान्य चोट), भरतपुर महानगरपालिका- १६ बस्ने बर्ष ७ को समर्थ नेपाली, भरतपुर महानगरपालिका- १९ बस्ने बर्ष २५ को अनुप गुरुङ (हात-खुट्टामा चोट अवस्था मध्यम), भरतपुर महानगरपालिका- १६ बस्ने होम बहादुर रुचाल (दाहिने आँखामा चोट) रहेका छन ।
आज दिउँसो २:४५ बजेको समयमा गैडाकोट नगरपालिका- ९ थुम्सीस्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट भैरहवा तर्फ जाँदै गरेको लु२ख ६६७२ नम्वरको बस र बुटवलदेखी नारायणगढ तर्फ आउदै गरेको लु२ख ६९८५ नं. माइक्रो बस एक आपसमा ठक्कर खान जाँदा दुर्घटना भएको कार्यालयका सुचना अधिकारी एवम डीएसपी मधु नेपालले जानकारी दिएको छ ।
घाइते मध्ये होम बहादुर रुचाल बाहेक ८ जनालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको र रुचालको स्थानीय सुमन मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसमा सवार कसैलाई केही नभएको नेपालले बताए ।























