काभ्रेघाट र पार्वतीपुर खुकुरी गाइज सेमिफाइनल


भरतपुर । काभ्रेघाट एफसी र पार्वतीपुर खुकुरी गाइज प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
तेस्रो क्वाटरफाइनलमा युवा जागरण केन्द्रलाई हराउँदै काभ्रेघाटले सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा काभ्रेघाट टाइब्रेकरमा ४-३ ले विजयी भयो । काभ्रेघाटले अब फाइनल प्रवेशका लागि खेलकुद बिकास समिति भरतपुर ६ को सामना गर्नेछ ।
यस्तै अन्तिम क्वाटरफाइनलमा पार्वतीपुर खुकुरी गाइजले आयोजक फुलबारी राइनो युथ एसोसिएसन निलोलाई पराजित गर्यो । खेलमा पार्वतीपुर ४-१ ले विजयी भएको हो । उसले अब फाइनल प्रवेशका लागि फुलबारी युथ क्लबसंग खेल्नेछ । दुबै सेमिफाइनल खेल आज हुनेछ ।
श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैँया प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।























