अपहरण गरी शरिर बन्धक बनाउने ३ जना इटहरीमा पक्राउ


सुनसरी । सुनसरीमा अपरहण गरी शरिर बन्धक बनाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ८ गते बिहान जिल्लाको ईटहरी उमनपा वडा नं. ८ फुलबारी टोलको प्लटिङमा १ जना पुरुष मानिसलाई अन्य ३ जना पुरुषहरुले आँखामा पट्टी बाँधी ल्याई कुटपिट समेत गर्दै गरेको भन्ने सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीवाट टोली परिचालन गरि तीनै जनालाई घटनास्थलबाट पक्राउ गरिएको थियो । प्रहरी टोली घटना स्थलमा पुग्दा ईटहरी उमनपा वडा नं.७ बस्ने बर्ष २५ को संगित थापा, सोही ठाउँका १९ वर्षिय अनिष कार्की र इटहरी ८ बस्ने २३ बर्षिय सिद्धार्थ राई पक्राउ परेको हो ।
उनिहरुले ईटहरी ४ बस्ने २२ बर्षिय निर्मल श्रेष्ठलाई कुटपिटगर्दै गरेको अवस्थामा फेलापारेको थियो । निर्मल श्रेष्ठसँग बुझ्दा उल्लेखित ३ जनाले आफूलाई साउन ७ गते दिनको करिब १ बजेको समयमा ईटहरी उमनपा – ९ भोजपुरे टोलबाट जवरजस्ती गरी नम्बर थाहा नभएको सि.टी. सफारीमा राखी आँखामा पट्टी समेत बाँधी बिभिन्न स्थानमा घुमाउदै रातपरेपछी निजहरु मध्ये संगित थापाको घरकोठामा लगि रातभर भाग्न उम्कन नदिई आखामा पट्टी लगाई कोठा भित्र थुनी राखेका थिए ।
उनलाई निजहरु तीनै जनाले आँखामा पट्टी बाँधेकै अवस्थामा पैदल हिडाउदै ईटहरी – ८ स्थितमा ल्याएर कुटपिट गरेका हुन भनी पिडितले बताएको छ ।
पिडित निर्मल श्रेष्ठलाई सोही स्थानबाट उद्वार गरी अपहरण गरी बन्धक बनाउने संगित थापा, अनिस कार्की र सिद्धार्थ राईलाई पक्राउ गरी दाखिला गरेकोले निजहरु उपर पिडितले अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जाहेरी दिएको छ ।
उक्त मुद्दामा निजहरुलाई प्रहरी हिरासतमा राख्नको लागी शुक्रबार सुनसरी जिल्ला अदालतवाट ७ दिनको म्याद थप अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।























