अपराध

बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ ६ | बिहान ०५:०२ बजे

बुटवल । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित बुटवलबाट तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका-११ घर भई हाल बुटवल उपमहानगरपालिका- ११ बस्ने वर्ष २८ को अर्जुन सुनार र बागलुङ बरेङ गाउँपालिका- ३ घर भई हाल बुटवल उपमहानगरपालिका- ६ पुरानो बसपार्क बस्ने बर्ष ४१ को टेक बहादुर बुढाथोकी रहेका छन ।

सुनार र बुढाथोकीलाई प्रतिबन्धित लागुऔषध कारोबार भैईरहेको भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले देबिनगरबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर ११ ग्राम ८८० मिलिग्राम बरामद गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका- २ मैनाबगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका- १ बस्ने वर्ष २९ को धन बहादुर बिश्वकर्मालाई पक्राउ गरिएका छन । उनको साथबाट २२० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

पक्राउ पर्ने तीनै जनालाई जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी अनुसन्धान भैईरहेको कार्कीले बताए ।

कमेन्टहरु