गिनिज बुकधारी सजन डंगोलले विश्व सर्वोच्च शिखर सगरमाथा सफल आहोरण गरेर अर्को कीर्तिमान राखे


काठमाडौं । टोखाका गिनिज बुकधारी सजन डंगोलले विश्व सर्वोच्च शिखर सगर माथा सफल आहोरण गरेर फेरि अर्को कीर्तिमान राख्न सफल भएको छ ।
टोखा नगरपालिका वडा नं. ३ निवासी समाजसेवी मणि डंगाेलका सुपत्र तथा भिन्ध्याे डंगाेलका नाती सजन डंगालले वि.सं. २०८२ साल वैशाख ३१ गते विहान ७ बजेर ५० मिनेट सर्वोच्च शिखर चढेर फेरि नयाँ कीर्तिमान इतिहासमा दर्ज गर्न सफल भएको हो ।
सजनको सफल आहरोहण टोलीमा अमेरिकाका माईकल रुडोल्फ गटविन द्वितीय, सौरभ भसीन, र नेपालका पेम्बा शेर्पाले गरि पाँच जनाले सगरमाथा आरोहण गरेका थिए ।
‘एक्सपेडिसन्स हाई माउन्टेन ट्रेक्स’मार्फत गरिएको यस आरोहणमा पेम्बा ओङ्चु शेर्पा, याल्जे शेर्पा, निग्मा ग्याल्जे शेर्पा, लोप्साङ शेर्पा, छेबी भोटे, र मिङ्मा छिरी शेर्पाजस्ता अनुभवी सहयोगीहरूले उनलाई साथ दिएकाे थियो। उनलाई जेष्ठ ३ शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भव्य रूपमा स्वागत गरि टोखाका विभिन्न बाजा, खलः पुचले टोखा नगर परिक्रमा गराउनुका साथै टोखा नगरपालिकाले नगर परिक्रमा नागरिक अभिनन्दन समेत गरिएको थियो ।

उनले वि.स. २०८१ साल चैत्र २६ गते विहिबारदेखि सगरमाथा आराेहणमा लागेका सजनले लोपुचे हिमाल तथा सगरमाथाकाे सफल आराेहण सहित ३६ दिन लगाएर सफल आराेहण गरेको जानकारी गराए ।
एक बर्षकाे अन्तरालमा अर्थात वि.सं. २०८० फागुन ४ गते बेलायतकाे बर्मिङ्घम, युनाइटेड किंगडममा दुई खुट्टाले सबै भन्दा धेरै पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेर सम्पूर्ण नेपालीकाे उचाे बनाएका थिए ।























