देश

प्रतीक खड्गीकाे पहिलाे कृति “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक

रिदेन महर्जन
२०८२ जेष्ठ ४ | मध्यान्ह ०९:०२ बजे

काठमाडौं । प्रतीक खड्गीकाे पहिलाे कृति “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक भएकाे  छ। जेष्ठ ३ गते शनिबार क्षेत्रपार्टी पार्टी प्यालेशमा सार्वजनिक भएकाे पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिले प्रकाशित  गरिएको  थियाे ।

काठमाडौं महानगरपालिकाको सहयोर्गाथ प्रकाशित पुस्तकमा नायः खिं बाजाको धार्मिक, सांस्कृतिक ऐतिहासिक लगायत विविध पक्षहरुलाई समावेश छ भने  यस पुस्तकमा उजन नेवा: शाहीले बोल सङ्कलन गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व खेलकुद मन्त्री एवम् सांसद बिराजभक्त  श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजा उल्लेख गर्दै यसको संरक्षण, सम्बद्वन तथा प्रबर्द्धन आफू निरन्तर रुपमा साथ रहने जनाए । उनले याे बाजाकाे संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे ।”

साे कार्यक्रमका अन्य अतिथिहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षण भन्दै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिका अध्यक्ष सुभाष शाहीले गरेका थिए। उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्यले पुस्तक प्रकाशन गरिएको जनाए।

कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरू वर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति भएकाेले कार्यक्रमकाे शाेभा बढेकाे  थियो।

कमेन्टहरु