राजनीति

समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही-पाल्पा जिल्लाकाे बैठक सम्पन्न

नवलपुर टुडे
२०८२ जेष्ठ २ | मध्यान्ह ०५:०२ बजे

बुटवल । जनउत्तरदायि समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही-पाल्पा जिल्ला संगठन समितिकाे बैठक सम्पन्न भएको छ। बैठकले पार्टीकाे केन्द्रीय निर्देशित अभियान यस जिल्लामा पनि संचालन गरि समिक्षा गर्दा क्रान्तिकारी एवम् कम्युनिस्ट वैकल्पिक एवम् आशावादको केन्द्रकाे रुपमा रुपान्तरण भएको निष्कर्ष निकाल्दै पार्टीको पुर्व घाेषित अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

क्रान्तिकारी संघर्षलाई थप उचाइ प्रदान गर्न पाल्पाको प्रभात ताल र विभिन्न ठाउँहरुमा वित्तीय आँतक विरुद्ध गरिएको संघर्षहरु महत्त्वपूर्ण र प्रभावकारी रहेको निष्कर्ष निकाल्दै पार्टी केन्द्रीय निर्देशित कार्यक्रम अनुसार राष्ट्रिय, जनतन्त्र र जनजिवि, भ्रष्टाचार, सिण्डिगेट, कर चुहावट, वित्तीय आँतक, हिंसा, छुवाछूत, भेदभाव, अमानवीय व्यापार विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी संघर्षलाई थप माथि उठाउने निर्णय गर्दै परिचालन समिति समेत गठन गरेकाे छ ।

photo 2025 05 16 17 15 14

यस्तै बैठकले बुटवल, तानसेन र नपा/गाँपा सम्म प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम गर्ने र प्रगतिशील, क्रान्तिकारी र कम्युनिस्ट बन्ने र बनाउने उदेश्यमा केन्द्रित रहि पार्टि अनुशासन र विधान अनुरुप संगठित सदस्यता वितरण गर्ने, जवसहरुकाे बैठक, भेला र सम्मेलन सम्पन्न गर्ने, विभिन्न पालिका र नगरपालिका सहित जिल्ला कार्यलय सम्म हेरभेर र जिम्मेवारी ठाेस गरेको जिल्ला कार्यलय सचिव हेमन्तले बताएका छन् । बैठक पार्टीका पाेलिट ब्युरो सदस्य दिग्दर्शनकाे प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य जगतको आतिथ्यता र जिल्ला सचिव हेमन्तकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

कमेन्टहरु