तस्कर

भन्टाबारीबाट सशस्त्र प्रहरीले २ लाख ४८ हजार बराबरको कपडा बरामद

देवराजा यादव
२०८२ जेष्ठ २ | बिहान १०:०२ बजे

भन्टाबारी । भारतबाट अवैध रूपमा ल्याउदै गरेको भारतीय कपडा नेपाल र भारत सिमा क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी भन्टाबारीका डिएसपी केदार जंग थापाका अनुसार सिमा क्षेत्रबाट २ लाख ४८ हजार बराबरको कपडा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले सिमा क्षेत्रमा अवैध तस्करी रोक्न कडा निगरानी गरिरहेको छ। डीएसपी थापाले भने बरामद गरिएको कपडा भन्सार कार्यलय कोशी ब्यारेजमा बुझाईएको छ।

बरामद गरिएको कपडा साडी, सलवारसुट, कुर्ता र अरु बिभिन्न प्रकारको रेडीमेट कपडा रहेका डीएसपी थापाले बताए ।

कमेन्टहरु