निर्वाचन, समाचार

सबैभन्दा कान्छी रुयासा मगर विद्यार्थी संघको केन्द्रिय सदस्यमा निर्वाचित

याम बहादुर थापा मगर
२०८२ जेष्ठ २ | बिहान १०:०२ बजे

बागलुङ, २  जेठ । नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशन,काठमाडौबाट गण्डकी प्रदेश बागलुङ जिल्लाका सबैभन्दा कान्छी उम्मेदवार रुयासा थापा मगर केन्द्रिय सदस्यमा र्निविरोध निर्वाचित भएको जानकारी नवनिर्वाचित महासचिव याम बहादुर रोका मगरले जानकारी गराउनुभयो । थापा मगर बागलुङ जिल्ला समितिबाट केन्द्रीय प्रतिनिधी भएकी र धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा विविएस तेश्रो वर्षमा अध्ययनरत छिन । रुयासा थापा मगर हाल २१ वर्षकी भएकी छिन् ।

उनीले आम मगर समुदायको उत्थानमा लाग्ने, व्यक्तित्व विकास गर्ने, स्वरोजगारीमा लाग्ने, स्वअध्ययन गर्ने, पठन सस्कृतिको विकासमा निरन्तर लाग्ने सोच बनाएकी छिन । रुयासा थापा मगरको बाबा याम बहादुर थापा मगर नेपाल मगर विद्यार्थी संघको महासचिव पदमा वि.स.२०५९ सालमा भएको चौथो महाधिवेशनमा अत्यधिक मतले निर्वाचित हुनुभएको थियो । बाबा याम बहादुर थापा मगर र चौतारे डाडा माध्यमिक विद्यालय बागलुङका शिक्षिका रुपक देवी थापा मगर आमाको प्ररेणा र उत्साहले मलाई मगर विद्यार्थी संघको केन्द्रिय सदस्य बन्नमा आत्मबल निर्माण भएको जानकारी रुयासा थापा मगरले बताउनु भयो । आगामी दिनमा उच्च तहको शिक्षा हासिल गर्ने र मगर विद्यार्थीहरुलाई एकता गर्ने र शैक्षिक जागरण फैलाउने तथा पठन सस्कृतिको कार्यक्रम संचालन गर्ने सोच रहेको बताउनु भयो । वैज्ञानिक, व्यवहारिक र समावेशी संघीय शिक्षा प्रात्तिका लागि हाम्रो आन्दोलन, आदिवासी विश्वविद्यालय स्थापनाको पक्षमा १२ औ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ सम्पन्न भएको थियो ।

मगर विद्यार्थी संघ केन्द्रिय समितिको १२ औ महाधिवेशनबाट अध्यक्ष राजु पुन मगर,बरिष्ठ उपाध्यक्ष लोकेन्द्र राना मगर, महिला उपाध्यक्ष रिया लुङ्घेलि मगर, उपाध्यक्ष बाह्र मगरात प्रकाश ल्हायो मगर, उपाध्याक्ष अठार मगरातबाट डि.वि. आले मगर, महासचिव याम बहादुर रोका मगर, सचिव शिव पुलामी मगर, सगठन सचिव छिनिङ लाल थापा मगर, प्रचार प्रसार सचिव राजिव थापा मगर, कोषाध्यक्ष कमल राना मगर, केन्द्रिय सदस्यहरुमा कोशी प्रदेशबाट दिपन पुलामी मगर, कुशुम पुलामी मगर, नितु थापा मगर,बागमती प्रदेशबाट पुष्पा मगर, ललित रजान मगर, सुरज प्रताप राना मगर, आकाश पुन मगर, राजन आरुपाटे मगर ,निर्तिक घर्ती मगर, गण्डकी प्रदेशबाट भिमसेन थापा मगर,रुयासा थापा मगर, धनमाया पुन मगर, महेश घर्ती मगर, लुम्बिनी प्रदेशबाट राम कुमार बुढा मगर, सुशिल बुढा मगर, कर्णाली प्रदेशबाट हेमराज पुन मगर, किरण ढेगा मगर, सन्ध्यादेवी पुन मगर, सुदुर पश्चिम प्रदेशबाट आशा कुमारी सारु मगर, मनोज पुन मगर, विश्वविद्यालयबाट विना थापा मगर र त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसबाट राजकुमार बुढा मगर निर्वाचित हुनु भएको छ ।

नेपाल मगर संघका भातृ सगठनहरु मगर महिला संघ, मगर लेखक संघ, पत्रकार संघ, मगर कर्मचारी संघ, मगर युवा संघहरु मध्ये मगर विद्यार्थी संघ सशक्त र बढी क्रियाशील भातृ संगठन रहेको छ ।

कमेन्टहरु