शिक्षा, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सुरु

उमेश रोकाया
२०८२ जेष्ठ २ | बिहान ०७:०२ बजे

बाजुरा, जेष्ठ २ । हिमाली गाउँपालिकाका विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सुरु गरिएको छ। “स्वास्थ, सरसफाइ र पोषण जीवनका हुन आधार मानी गुणस्तरीय शिक्षा सुधार हुन्छ गरिएको लगानी” भन्ने अभियानका साथ हिमाली गाउँपालिका – ६ मा रहेकोे भवानी माध्यमिक बिधालयमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा विधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर विद्यालय हाजिरी जबाफ कार्यक्रम गरिएको छ। ८ वटा विधालय विद्यार्थी सहित सहभागिता गराएर विभिन्न र्‍याली गरेर पोषण सप्ताह मनाएका छन।

पोषण सप्ताह कार्यक्रम विधालय विद्यार्थीहरुको तौल, उचाई, आँखा, कान र दातको स्वस्थ्य चेकजाँच सहित जुकाको औषधी खुवाएको छन। प्रत्येक विद्यालयमा अध्ययनरत बालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच समेत गरेको छ। विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने विद्यालयमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरिक्त क्रियाकलापहरु गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका प्राविधिक सहयोगी तेजबहादुर शाहीले जनाएको छ।

हाजिरी जबाफ कार्यक्रम ८ वटा विद्यालय सहभागिता भएका थिए । उक्त प्रतिस्पर्धा गर्दा प्रथम भवानी माध्यमिक विद्यालय दितिय बडिमालिका विद्यालय र तृतीय स्थान हासिल शैलेश्वरी माध्यमिक विद्यालय भएको हो । त्यसै गरी सान्त्वनामा ३ वटा विद्यालय विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । विद्यालय पोषण र दिवा खाजाको बारेमा विषयलाई मध्यनजर गरेर विद्यार्थी निरन्तर दिनुपर्ने भएको छ । स्वास्थ्य परिक्षणका लागि हामी सधै लागिपरेको स्वस्थ्यकर्मी लक्ष्मण बिष्टले बताए ।

विद्यालय आज पोषण सप्ताह कार्यक्रम अत्यन्तै राम्रो भएको छ। जसले गर्दा स्कुलमा विभिन्न क्रियाकलाप गर्दा विद्यार्थी सुधार हुने अवसर प्रदान हुने भएको छ । यसको लागी हामीबाट गर्न सक्ने सक्दो प्रयास लागेको छौँ । विद्यालय जुन कार्यक्रम प्रतिस्पर्धालाई बधाई दिदै सबैलाई शुभकामना समेत व्यक्त गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरप्रसाद पाण्डेले जनाएका छन ।

कार्यक्रम पहिलो दिनमा पोषण प्रदर्शन कार्यक्रम संचालन गरियो छ । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा ८ वटै विद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षक, अभिभावक, बिद्यार्थीहरु सहभागिता रहेका छन । स्वास्थ्यकर्मी लक्ष्मण बिष्टद्वारा पोषण प्रदर्शन गरिएको छ । कार्यक्रम सहजीकरण आई.डी.एस. नेपाल हिमाली गाउँपालिका प्राबिधिक सहयोगी तेज बहादुर शाही गर्नुभएको छ । पहिलो दिनमा पालिका भित्रका २२ वटा विद्यालयहरुमा पोषण प्रदर्शनी कार्यक्रम सुरु गरिएको छ । जेष्ठ १ सुरु गरिएको विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम जेष्ठ ७ गतेसम्म गरिने भएको छ ।

कमेन्टहरु