देश

गिरिजाप्रसादको जस्तै छवि बनाउने अवसर गुमाउनु हुदैन : हरिबोल गजुरेल

जगत ठाडा मगर
२०७८ साउन ९ | बिहान ०७:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जस्तै छवि बनाउने अवसर आएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कोइरालाले नेपाली राजनीतिमा राम्रो छवि बनाएर गएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री देउवालाई पनि त्यो अवसर आएको उनले बताए ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गजुरेलले भने, ‘उहाँले अब फेरि गिरिजाप्रसाद कोइरालाले जो छवि बनाएर जानुभयो । त्यो छवि उहाँले कायम गर्नुपर्छ ।

इतिहासको समीक्षा गरेर कहाँ कहाँ त्रुटि भए, उहाँ पटक–पटक प्रधानमन्त्री हुनुभयो, धेरै अनुभव पनि छ ।’
सांसद गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारको कार्यकालमा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुनेमा अपेक्षा गरिएको पनि उनले बताए ।

कमेन्टहरु