प्रिय मेरो देश, नेपाल-सरकार तथा देशको नेतृत्व वर्ग र शासक


काठमाडौ । मैले देखेको एक हप्ता पहिले बिहे गरेको नेपाली युवा पासपोर्ट बोकी बिदेश उडेको ! उ माथी केहि ऋण अनि ऋण भन्दा बढि आफ्ना परिवार र हुने सन्तानका भबिस्यको चिन्ता बढि थियो ! मैले उमेरले आराम खोज्ने बेला एक सरो सर्ट पाईन्ट र चप्पल लगाएर एअरपोर्टमा एउटा कालो झोला अनि हातमा पासपोर्ट बोकी आफैमा हराएको अङ्कललाई देखेको छु !
मैले डाँडा माथिका घाम भएका बुढा बा आमाको मुहार हेरि बुढेसकालका सहारा छोराछोरीले लैँनो भैसिँ बेचेर देशमा भबिस्य नभएपछि भबिस्य बनाउन पासपोर्ट बनाएको देखेको छु ! पढाईमा सर्वउत्कृष्ट साथी देशका कर्णधार बिद्यार्थी उत्पादन गर्ने बिद्यालय पढाउदां पढाउदैँ बिचमा छोडेर IElTS पढि अवसर र राम्रो जिन्दगी बिताउन बिदेशिएको देखेको छु !
आफ्ना कलिला छोराछोरी छोडी बर्सौसम्म उनिहरुलाई आफ्नो अङ्गालोमा बेर्न नपाई, ऊनीहरुलाई मन पर्ने पापा आफ्नै हातले दिन नपाई बिदेशी भुमिं मै घर फर्किने पात्रो हेर्दै बसेको मान्छे देखेको छु ! मैले बिरामी भैइं रहने आमा अनि उकालो ओरालो गर्न नसक्ने दुई जनाको परिवार देखेको छु, जहाँ बिदेशिएको छोरो आउने आशमा एक मुठ्ठी सास बचाएको देखेको छु !
सयौं युवा बाकसमा उड्न नसक्ने, बोल्न नसक्ने, बोलाउन नसक्ने गरि अस्ताएको देखेको छु ! कयौं सपना बिदेशमै अस्ताएको देखेको छु ! कयौं परिवार बिछडिएको देखेको छु, निधारमा टिका लगाई दिएर ” राम्रो सगं गएस बाबु” भन्ने आमा फर्केर आउँदा आमाको फोटो भित्तामा कैद भएको देखेको छु !
अब देख्न हेर्न बाँकी केहि रहेन ! मैले त लाखौं युवा बिदेशिएको देख्दा देख्दै आफ्नो देशमा खड्किने युवा जोस जागँर पनि देख्न छोडि सके, एउटा राम्रो जेनेरेशन नै बिदेश पलायन हुँदा अब आउने समय अहिलेको भन्दा नि जटिल हुन्छ भन्ने देखि सके!
कठै मेरो देशका नेतृत्व वर्ग र शासक वर्गमा कहिल्यै चेतना आएन । देशको नेतृत्व वर्ग र शासक वर्ग कहिले देखेन अनि देख्ने र बुझने प्रयास कहिले गरेन आफ्ना देशका नागरिकहरूको उता बस्ने कोठा कस्तो छ, कामको अवस्था र उनिहरूको सेवा सुरक्षाको अवस्था र आफ्ना नागरिकले भोगेका दुख्ख र पिडाहरू सरकारले कहिलै देखेन । काम गर्न गएका तन्नेरी युवाहरुले उतै ज्यान गुमाउँदा किन मर्छन्, सरकारले कहिलै सोधेन । उता ज्यान गुमाएकाहरुको लाश ल्याउन चन्दा संकलन हुदै गर्दा सरकारले कहिलै मुठ्ठी फुकाएन ।
नेपालका मेनपावर दलालहरूले बिदेश जाने ति सोझा नेपालीहरूबाट कति खाएका छन। त्यसको खोजी गर ।खाडिका विभिन्न मुलुक सहित मलेशियाको लागी नेपाल सरकारले फ्री टिकट फ्री भिसाको ब्यवस्ता गरेको छ । तर ति नेपालका दलालहरूले विभिन्न वाहानामा प्रति व्यक्ति दुई लाख पचास हजारदेखी तीन लाख पचास हजारसम्म लिई रहेका छन । ति मेन पावरहरूले नेपाल सरकारलाई दस हजारको मात्र राजस्व तिर्छन ।
बॉकी सबै विभिन्न बाहानामा र हुन्डी मार्फत अवैध धन सम्पत्ति बिदेशमा जम्मा गरेका छन । त्यहि कारणले गर्दा नेपालको अर्थतन्त्र खस्किदो अवस्थामा छ। अब बाँकी हिसाब आफै गर्नोस। मेनपावर दलालहरूले ति प्रत्येक वैदेशिक रोजगारीको लागी बिदेश उडने ब्यक्ति बरावर कति हजार डलर अवैध रूपमा विदेश पठाउछन या हुन्डी मार्फत कारोबार गर्छन ।
एउटा असफल देश, जुन देश राजनैतिक सिमानाले मात्र देश भएको छ ! असफल देश हुनुको प्रमुख कारण आजसम्मका शासक बर्ग, राजनितिक गर्ने बिचौलिया दलालहरु, ती दलालहरुका भ्रस्ट कर्मचारीहरु, ब्यापारिक माफियाहरु अनि त्यसपछि केही पनि नबोल्ने तपाईं हामी सबै प्रत्यक्ष – अप्रत्यक्ष रुपले दोषी छौ !























