देश

सरकारबाट सुरक्षा अवासको रकममा ब्यापक अनिमियता गरेको भन्दै स्थानियहरुले लगाए कार्यालयमा ताल्चा

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०९:०४ बजे

रबिन्द्र प्रजापति
रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नं.७ का वडा अध्यक्ष हरिभजन साह अति गरिब, दलित, तथा असहाय वर्गको लागि सघिय सरकारबाट सुरक्षा अवासको रकममा ब्यापक अनिमियता गरेको भन्दै स्थानियहरुले त्यसको बिरोध गर्दै वडा कार्यालयमा ताल्चा लगाएका छन ।

katahariya nagarpalika

संघिय सरकारको शहरी बिकाश मन्त्रालयबाट गरिब तथा असहाय नागरिकहरुको घर छनाको लागि आएको रकममा कटहरिया नगरपालिकाको वडा नं.७ का वडा अध्यक्ष हरिभजन साहले आफ्नो आसेपासे नजदिकको ब्याक्ती तथा पार्टीको मान्छे पहिचान गरेर लिस्टमा नाम समेत राखेको सम्बन्धित वडाका स्थानीय व्यक्तिहरुको भनाइ रहेका छन ।

बास्तवीक गरिबहरुको नाम हटाएर धनी व्यक्तिहरुमो नाम टिपाएर काम अगाडी बढाएको भन्दै सोही वडा भित्र बसोबास गर्ने सौयको सख्यामा गएका समुदायका नागरिकहरुले त्यसको बिरोध गरिदै वडा कार्यालयमा ताल्चा समेत लगाएका छन । कटहरिया नगरपालिका वडा नं. ७ मा रहेका गरीब परिवार बास्तवीक पहिचान गरि रकम उपलब्ध गराउनु पर्ने माग गर्दै वडा कार्यालयको प्राङ्गणमा जम्मा भएको थियो ।

आफुहरु गाउ घरमा सबभन्दा गरिब रहेको र परालको घरमा बस्नु पर्ने बाध्यत्मक रहेको भन्दै सरकारको तर्फबाट आएको रकममा आफुहरुको नाम नआएको र गैर दलित र असहाय परिबारको नाम दिने लिस्ट त्यार पारिएको भन्दै त्यसको सहि छानबिन गरि पहिचान गर्नुपर्ने उनिहरुले माग गरेका छन ।

आफना मनमानी ढगले बनाईएको लिस्ट अनुसार काम अगाडि बढाए त्यसको प्रतिकार गर्ने समेत उनिहरुले चेतावनी दिनु भयो । यसै बिषयमा सो वडाका वडा अध्यक्ष हरिभजन साह संग जानकारी लिदा आफुले कसैको नाम लिस्ट तयार गरेको होईन आफ्ना वडाका सदस्यलाई नाम लिस्ट तैयार गर्न लगाएका थिए ।

जसमा प्रायजसो गरिब व्यक्तिहरुको नै नाम छ। केहि निमन बर्गको नाम पनि समाबेश भएको छ । नाम लिस्ट तैयार गरेर गईसकेको छ । यसमा थप घट गर्न मिल्दैन बरु बाकी रहेको अति गरिब बिपन्न व्यक्तिको लागि फेरि यसपाली रकम माग गर्ने छु । प्रतिबद्धता जनाएका् छ ।

कमेन्टहरु