यातायात

नवलपुरको चोरमारास्थित गिरुबारी पुल भाँचियो, नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नवलपुर टुडे
२०८२ बैशाख ३० | बिहान ०७:०१ बजे

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाचिँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।नवलपुरको मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिम तर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ भाग भाचिँदा अहिले पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

लोड गाडी पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाचिएपछि पूर्व–पश्चिम हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१३१ नं.को बस बिग्रेको(पट्टा भाँचिएको) कारण दिउसो राजमार्ग एकतर्फि भएको थियो ।

म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंज तर्फ जादै गरेको टेलर लगायत अन्य सवारी साधनहरु होल्ड हुँदा सवारी साधनहरुको लोडको कारण गिरुवारी खोलाको पुलको विच भाग दबिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख यादव ढकालले बताए |

भित्री पुरानो बाटो प्रयोग गरी अहिले साना सबारी साधन सन्चालमा आएको प्रहरी प्रमुख ढकालले जनाए |चोरमाराको गिरुवारी खोलाको पुल भाँचिएको स्थानमा हाल पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागि तम्सरिया गाउँबाट हाल खोला तरि रानिटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिने छ ।

पश्चिमबाट आएका सवारी साधनको हकमा फुलबारीबाट दक्षिण लागि रानिटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने बैकल्पिक बाटोहरुको प्रयोग गरी हाल संचालन भएको छ ।

ठूला सवारी साधन, लोड गाडी र टेलरहरु भित्री बाटोमा मोड नपुग्ने हुँदा रोकिएको र अन्य वैकल्पिक मार्गको प्रयोग गरि यात्रा गर्नु प्रशासनले अनुरोध गरेको छ ।

कमेन्टहरु