मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी सम्बन्धी अभिमुखीकरण

उमेश रोकाया
२०८२ बैशाख २९ | मध्यान्ह ०२:०१ बजे

बाजुरा , बैशाख २९ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका – ६ मा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ६ नम्बर वडा कार्यालयको आयोजना र एकिकृत विकास समाज नेपाल (आई.डी.एस.) को समन्वयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गतका क्रियाकलापहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइडीएसद्धारा पालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि वडाका सरोकारवालाहरुलाई अभिमुखीकरण दिइएको जनाएको छ ।

आई.डी.एस. पालिका प्राविधिक सहायक भिमप्रदाद पाण्डेले अभिमुखीकरण कार्यक्रममा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन, विद्यालयमा पोषण सप्ताह, भान्सा घर निर्माण, विद्यार्थीको स्वास्थ्य चेकजाँच लगायतका विषयमा छलफल भएको छ । आई.डी.एस. नेपाल र पालिकाको संयुक्त लगानीमा वडाहरुमा भान्सा घर निर्माण भइरहेका बताए । साथैं उनले सरोकारवालाहरुलाई जिम्मेवार बनाएर कार्यक्रमका क्रियाकलापहरुलाई प्रभावकारी बनाउन पालिकाका सबै वडामा अभिमुखीकरण कार्यक्रम गर्ने आई.डी.एस. नेपाल जगन्नाथ गाउँपालिका प्राविधिक सहायक भिमप्रदाद पाण्डेले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा जगन्नाथ गाउँपालिका ६ का वडा अध्यक्ष धन बहादुर सार्कीले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमले स्वास्थ्य तथा शिक्षा क्षेत्र गरेको योगदान महत्वपूर्ण रहेको बताए । उनले वडाका विद्यालयहरुमा सो कार्यक्रमहरु प्रभावकारी रहेको र थप प्रभावकारी बनाउन वडा सरकार प्रतिवद्ध रहेको बताए ।

वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष धनबहादुर सार्कीको अध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो । सोही कार्यक्रम वडामा रहेका ४ वटा विद्यालय प्रधानाध्यापक, फोकल शिक्षक, जनप्रतिनिधि, संस्था प्रतिनिधि र बाल क्लव लगायत सहभागीता कार्यक्रम गरिएको थियोे ।

कमेन्टहरु