धर्म–संस्कृति/रीतिथिति

बुद्धजयन्ती आज : वैशाख शुक्ल पूर्णिमामा शान्तिको सन्देश बोकेर मनाइँदै

दिप्शन गुरुङ
२०८२ बैशाख २९ | बिहान ०८:०१ बजे
 

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिसाथ बुद्धजयन्ती मनाउँछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधार हो’ जस्ता अमर सन्देशका वाहक गौतम बुद्धको २५६९औँ जयन्ती आज शान्तिको कामनासहित देशभर मनाइँदै छ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारजस्ता स्थानमा लामा र बौद्ध गुरुहरूसँग परम्परागत पूजा र विधि सम्पन्न गर्छन्। सरकारले साँझ घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन आह्वान गरेको छ।

लुम्बिनी, स्वयम्भू, बौद्धजस्ता स्थानमा विभिन्न कार्यक्रमसहित बुद्धजयन्ती मनाउने परम्परा छ। इसापूर्व ५६३ मा, अर्थात् आजभन्दा २५६९ वर्षअघि, रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। 

राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानव दुःख देखेर चिन्तित भए। उनन्तीस वर्षको उमेरमा दरबार छोडेर तपस्याका लागि निस्किए।

कमेन्टहरु