स्याङ्जा सहयोग समाज कतारको २० औं वार्षिकोत्सव तथा २१ औ स्थापना दिवस मनाउने


रामएकवाल राम
दोहा :- स्याङ्जा सहयोग समाज कतारले आफ्नो २० औं वार्षिकोत्सव तथा २१ औं स्थापना दिवस मनाउने भएको छ।
स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्थालाई २० औं वार्षिकोत्सव तथा २१ औ स्थापना दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउन लागेको महासचिव रोशन अर्यालके बताए।
अगामी मे १६ तारीख शुक्रबारका दिन अल लक्ता स्थित ट्युनिशियन स्कुलमा “अनाथ तथा असहाय बालबालिकाहरुको सहयोगार्थस्वरूप बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।
कार्यक्रममा नेपालका बहुचर्चित लोकदोहोरी गायक तथा आकर्षक मोडेल पशुपति शर्मा, नेपाली लोकदोहोरी गायिका शर्मिला गुरुङका साथै, कलाकार रामचन्द्र ढकालको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।
कतारमा रहेका सम्पूर्ण स्याङ्जावासी तथा गैर-स्याङ्जावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन र अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजित यस पुण्य कार्यमा सहभागी भइदिन हार्दिक अनुरोध गरेको छ।
























