कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

सङगोष्ठी सम्मिलन २०८१ काठमाडौको सस्मरण

याम बहादुर थापा मगर
२०८२ बैशाख २६ | बिहान ११:०१ बजे

 

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे ,धौलेचउर, बागलुङ

९८४७६५७३००

विषयमा प्रवेश

मलाई दैनिक दिनचर्या बाहेक साहित्य, संगित, भम्रण, लेखन, अध्ययन, यात्रा सस्मरणमा समय खर्च गर्न मन लाग्दछ । आफुमा भएको ज्ञान, शिप र अनुभव बाँडेर उत्प्ररेणामुलक तरिकाले अगाडी बढन मन पराउन थालेको छु । दैनिक जिवनचर्याको शिलशिलामा सामाजिक सञ्जाल हेरिरहेको थिए । नाना थरिका सुचना बाढी जस्तै आइरहेको थियो । मदन भण्डारी कला– साहित्य प्रतिष्ठान काठमाडौका अध्यक्ष डा. विजय सुब्बाले हिमवत्खण्ड कला– साहित्य–संस्कृति सम्मिलन २०८१ चैत्र १–३ सम्म काठमाडौमा हुने कार्यक्रमको जानकारी पाए । डा. विजय सुब्वालाई बागलुङ बजारमा झन्डै १८ वर्ष पहिले जनसांस्कृतिक महासंघको अधिवेशनमा अतिथिको रुपमा आउने समयमा दोहोरो सम्बाद भएको थियो । त्यसपछि लामो समयसम्म सम्पर्क र कुराकानी भएको थिएन । मैले उहाँलाई एकोहोरो तर्फबाट चिनेको थिए । म काठमाडौमा नियमित जाने आउने कार्यक्रममा सहभागी गर्न पनि असर्मथ थिए । त्यस लगत्तै बागलुङ नगरपालिका १० भकुण्डे निवासी हाल नेकपा एमाले सम्पर्क समन्वय कमिटि काठमाडौमा लेखापाल तथा कार्यालय सचिव पदमा कामकाज गर्दै बस्दै आउनु भएका किरण थापालाई सम्पर्क गरे । किरण थापाले म अध्यक्ष डा.विजय सुब्बालाई सम्पर्क गरेर हजुरलाई जानकारी गराउँने छु भनेपछि मैले जवाफ पर्खेर बसे । खासमा मेरो दैनिक कार्यालयमा नियमित कामकाजमा फरक नपर्ने गरी घर विदा, भैपरी विदा, पर्व विदाहरु खर्च नभएर सुरक्षित रुपमा बचेको थियो । मनमा काठमाडौमा नगएको पनि लामो समय भएकाले जान पाइने योजना बुनेको थिए । आफन्तहरुकोमा साँझ सुत्न जानुपर्ला भन्ने सोच बनाएको थिए । दुई दिनको समयमा किरण थापाले फोनबाट सम्मिलन २०८१ मा भाग लिन पाउनु हुन्छ भनेर जानकारी पाए । डा.विजय सुब्बाको मोबाइल नम्बर दिनुभएकोले किरण थापाको नाम लिदै मोबाइल नम्बरमा फोन गरे । तर फोन उठेन । मेरो मन खिन्न भयो । फेरी मैले किरण थापालाई फोन गरेर उहाँ डा. विजय सुब्बाको फोन नउठेको जानकारी गराए । मैले डा. विजय सुब्बालाई फोन गरेको झन्डै ४,५ घण्टा पछि उहाँले मेरो मोबाइल नम्बरमा कल ब्याक गर्नु भयो । म अत्यन्त खुशी भए । वार्तालाप भयो । सम्मिलनमा सहभागी हुन मौखिक अनुमति प्राप्त भयो । मैले आफनो बारेमा विस्तृत जानकारी ह्राटएपमा पठाएको थिए । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको अध्यक्षसँगै कुराकानी भएपछि सम्मिलनमा सहभागी हुने पक्का भयो । तर साँझ सुत्नको लागि आफन्तहरुलाई जानकारी गराउने सोच अनुसार म काठमाडौमा आउने बारेमा बोध गराए । डा.विजय सुब्बासँगको प्रत्यक्ष बार्तालाप भएको झन्डै एक हप्ता जस्तो समय भएपछि मलाई हिमवत्खण्ड कला– साहित्य–संस्कृति सम्मिलन,२०८१, काठमाडौमा हुने कार्यक्रमको आयोजक समितिको सदस्यमा छनौट गरेको पत्र ह्राटसपमा आयो । मैले सो पत्र मोबाइलमा देख्ने वित्तिकै दोहोराई, तेहेराई अध्ययन गरे । साथी किरण थापालाई शेयर गरे । परिवारका सदस्यहरु श्रीमति रुपक देवी थापा मगर, छोरी रुयासा थापा र छोरा हिम्मत थापालाई शेयर गरे । मलाई काठमाडौमा जानको लागि झन बलियो आधार र निहँु हात परेकोमा आफैमा म दंगदास भएको थिए ।
बागलुङ भकुण्डे देखि काठमाडौ सम्मको लागि रात्री बसको टिकट लिएर यात्रा शुरु गरे । डा. विजय सुब्बालाई फोन गरे । उहाँले कार्यक्रममा स्वागत गुर्नभयो । साथै साथी किरण थापालाई पनि फोन गरे । आफन्तहरुलाई पनि काठमाडौ हिडेको जानकारी दिए । ताकी साँझमा बास बस्न सजिलो होला भनेर । तर कार्यक्रम तालिका साँझ रातीको नौ,दश बजेसम्मको व्यस्तता भएकोेले आफन्तहरुको घरमा जाने मेसो मिलेन । फेरी अर्को पटकमा काठमाडौ आउने तर यसपाली समय व्यवस्थापन नभएको जानकारी दिए ।

मदन भण्डारी कला – साहित्य प्रतिष्ठान बारेमा

मैले मदन भण्डारी फाउन्डेनको बारेमा विस्तृत जानकारी थिएन । मैले मदन भण्डारी फाउन्डेनको बारेमा नै होला भनेको थिए । स्वर्गीय मदन भण्डारीको जिवनी, उहाँको राजनीतिक योगदानका विषयमा जानकारी र मदन भण्डारीको राजनीतिक दर्शनका बारेमा विस्तृत रुपमा जानकारी होला भन्ने सोच थियो । तर कार्यक्रमको नाम हिमवत्खण्ड कला – साहित्य– सस्कृति सम्मिलन, २०८१, काठमाडौ रहेको पाए । फेरी आयोजक सस्था मदन भण्डारी कला–साहित्य प्रतिष्ठान,काठमाडौ रहेको छ । क्रमश मैले मदन भण्डारीको नाममा स्थापित संघ सस्थाहरुको विविधता र विभिन्नता बुझदै गए । नेपाल कम्युनिष्ट पार्टी एकिृतत माक्र्सवादी लेनिनबादीका तत्कालीन स्वर्गिय महासचिव मदन भण्डारीको सस्थाले आयोजना गरेको कार्यक्रम पक्कै पनि माक्र्सवाद,लेनिनबाद, जनताको बहुदलीय जनवादका बारेमा समेत ज्ञान लिन पाइन्छ होला भन्ने सोच थियो । विश्व परिवेशमा पछिल्लो सुचना र प्रविधिको विकास र विस्तारले समाज विज्ञानका बारेमा प्रभावका बारेमा जानकारी र अध्ययन, अनुसन्धन हुन्छ होला भन्ने सोच थियो । यस भन्दा अगाडी वि.स.२०७५ असार २९,३० र ३१ गते भानु जयन्तीको अवसरमा पहिलो पटक हिमवत्खण्ड कला – साहित्य सम्मिलन— २०७५ आयोजना गरिएको समेत जानकारी भयो । तर हिमवत्खण्डमा सिर्जित वैदिक तथा बौद्ध बाङमयका अलबा हिन्दु धर्मको वेदमा भएका स्कन्ध पुराण लगायत अन्य धार्मिक आस्थाहरुका लागि परिचित गराउने बारेमा सम्मिलन आयोजना भएको जानकारी हुँदै गयो । मेरो सोच र रुचि अनुसार स्वर्गीय मदन भण्डारी प्रतिको अपुर्ण बुझाइलाई पुर्ण बनाउने चाहाना पुरा हुन सकेन । त्यसलाई पुरा गर्नका लागि स्वअध्ययन गर्नुपर्ने बाहेक अर्को विकल्प भएन ।

पुस्तक आदान प्रदान कार्यक्रम

हिमवत्खण्ड कला– साहित्य– संस्कृति सम्मिलनमा सहभागी राष्ट्रहरु नेपाल, भारत,चीन, बङगलादेश, म्यानमार,भुटान र थाइल्यान्ड देशमा सहभागी कार्यक्रम रहेकोमा विभिन्न देशबाट सहभागीहरु बिच औपचारिक, अनौपचारिक परिचय तथा अन्तर्कियाबाट आफुले लेखन गरेको पुस्तक विदेशी साथीहरुलाई दिने र विदेशी साथीहरुबाट लेखिएको पुस्तकहरु ग्रहण गर्ने कार्यक्रम बहुत अनुशरण योग्य मेरा लागि रहयो । मैले पनि कविता सङग्रह, लेखहरुको सङग्रह, आत्म सस्मरण लगायत विविध सङग्रह प्रकाशित गर्ने सोच छ । ति पुस्तकहरु प्रकाशन भएको भए मैले पनि थुप्रै देशहरुमा मेरा किताबहरु जाने र मैले पनि थुप्रै किताबहरु सकलन गर्ने थिए भनेर मनोभाव बोकेको थिए । मैले आफनो किताबहरु प्रकाशन गर्न नसकेका कारण थोरै लेखकहरुको मात्र किताब एकतर्फी रुपमा हात पर्यो भनेर चित्त बुझाएको थिए । अधिकांश चिनजान गरेका स्वदेशी तथा विदेशी पाहुनाहरुसँग साक्षात्कार तथा चिनजान गर्दा पिएचडि हासिल गरी डाक्टर भएको अधिकांश साथीहरु पाउँदा मलाई पनि मनको कुनै कुनामा छिटो भन्दा छिटो पिएचडि हासिल गर्नका लागि उत्प्रेरणा मिलेको थियो । नेपाली भाषामा लेखिएका किताबहरु हात पर्दा अत्यन्त खुशी लागेको थियो । पुस्तक आदान प्रदानले ज्ञानको हस्तान्तरण हुने र पठन सस्कृतिलाँई बढावा दिने भएकोले समसामयिक डिजिटल युगमा अति आवश्यक भएको छ । हालका बालबालिका र युवापुस्ताहरुमा पुस्तक अध्ययन गर्ने बानीमा ह्रास आएकोले तिनलाई व्यवहारिक रुपमा तल्लो तहसम्म बहस,छलफल र अन्तक्र्रिया गर्नुपर्ने आवश्यक देखिन्छ ।

फोटो सेसनमा सहकार्य

विगत र वर्तमानका इतिहासका लागि महत्वपुर्ण मानिने क्षणहरुको भविष्यका लागि सुरक्षित गर्ने माध्यमहरु मध्ये फोटोलाई महत्वपुर्ण मानिन्छ । मैले यस भन्दा अगाडी पुर्व प्रधानमन्त्री झलनाथ खनालसँग प्रेस चौतारी नेपालको वि.स.२०६६ साल माघ २२ र २३ गते भएको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि नेकपा एमाले केन्द्रिय प्रचार विभागको आयोजना सम्मान तथा बधाई कार्यक्रममा झलनाथ खनालसँग फोेटो खिच्ने अवसर मिलेको थियो । सम्मिलनको दैनिक कार्यक्रममा उल्लेख भए बमोजिमका महानुभावहरुसँग फोटो सेसन सबैसग गर्ने समय व्यवस्थापन हुन सकेन । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी  ओलीसँग कार्यक्रम स्थलमा नजिकैबाट भेटघाट राष्ट्रिय सभा गृह तथा रात्रीभोजन बालुवाटारमा सहभागी हुँदा अवस्य फोटो खिच्न मिल्ने छ भन्ने आशाले सार्थकता र पुर्णता पाउन सकेन । आगामी दिनहरुमा पक्कै मिल्ने छ । तर कार्यक्रममा सहभागी हुने क्रममा प्रसिद्ध हास्यव्यग्य कलाकार मनोज गजुरेल, विश्वको इतिहासमा अरनिको पुस्तकका लेखक गणेश जि.सी. सँग फोटो खिचेर फेसबुकमा अपलोड गर्ने काम भयो । गणेश जि.सी.सँग बागलुङ बजारमा क्याम्पसको अध्ययन गर्ने क्रममा स्मृति प्रकाशन बागलुङको स्थापना गर्दा हामी दुई जना सस्थापक सदस्य भएका थियौ । स्मृति प्रकाशन बागलुङले दुई जना साथीको पुस्तकहरु प्रति पुस्तक पाँच सय रुपियाँ रकम प्रत्येक सदस्यहरुबाट उठाएर प्रकाशन गरेका थियौ । जुन सस्थाले पुस्तकहरु प्रकाशन गर्ने कामले निरन्तरता पाउन सकेन ।
त्यसैगरी फिल्मी क्षेत्रका अभिनेता तथा कलाकार दिनेश डि.सी.सँग परिचय र फोटो खिच्ने काम भयो । जसलाई बारम्बार फिल्मको पर्दा, टेलिभिजनको सेट र युटुवहरुमा बारम्बार देखेको अुनहार थिए । दिनेश जि.सी.सँगको फोटो सेसन गर्ने मेरो लागि अविष्मरिणय रहयो । त्यसै गरी चलचित्र उत्सव र परिसंवाद बारेमा भएको कलाकार हरिहर शर्मासँगको पर्यटन बोर्ड, पर्दशनी मार्गमा भएको कायक्रममा मेरो पहिलो सहभागीता थियो । फिल्म निर्देशन, कलाकार, संगितकार, निर्देशक तथा अन्य सहायक पर्दा बाहिरका कलाकारहरुको समेत अति महत्वपुर्ण भुमिका रहने जानकारी भएको थियो । कलाकार हरिहर शर्माको व्यस्तता अति लोभ लाग्दो वृद्ध समयमा भएको देख्दा र सुन्दा हामीले अझै संघर्ष र अवरोधका बाटोहरु चिर्दै हिडन बाँकी रहेको बोध भयो । उहाँसग फोटो सेसन गर्ने समय व्यवस्थापन हुन सकेन ।

आचार्य तथा अध्यक्ष, भारतीय भाषा विभाग, काशी हिन्दु विश्वविद्यालय, बाराणसी, भारतका प्रा.डा. दिवाकर प्रधान ज्युको प्राज्ञिक विमर्शको प्रवचन अत्यन्त प्रभावकारी र उच्च तहको प्रस्तुती थियो । भारतको बाराणसीमा नेपाली भाषामा दख्खल राख्ने र नेपाली लोक सस्कृतीमा समेत अब्बल जानकारी राख्ने प्रा.डा. दिवाकार प्रधानसँग सामान्य परिचय तथा छोटो भलाकुसारी पश्चात फोटो खिच्ने काम समेत भयो । सम्झनाको लागि र अन्य साथीहरुलाई जानकारी गराउने उद्धेश्यले फेसबुकमा समेत अपलोड गर्ने काम भयो । त्यसैगरी कार्यक्रमको पर्चा हात पारेपछि सोलाई अध्ययन गर्दा विद्धत सभा कार्यक्रमको नाम दिएको हिमवत्खण्ड ः महिमा र गौरव शिर्षकमा भारतका सिक्किम राज्यका पुर्व मुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार श्री पवन चामलिङसँग भाषण सुन्न पाइने भो भन्दै आफुलाई भाग्यमानी ठानेको थिए । पवन चामलिङसँग समेत फोटो सेसन गर्ने सोच र योजनाले उहाँ कार्य व्यस्थताले कार्यक्रममा नआउने जानकारीले तुषारापात मनमा भएको थियो ।
त्यसैगरी सञ्चार माध्यममा नेपाली भाषा शिर्षकमा परिसंवाद,बुढानिलकण्ठ र संस्कृति र समृद्धि परिसंवाद कार्यक्रममा भएको कार्यक्रममा मैले धेरै जनासँग कुराकानी, चिनजान र फोटो सेसन गर्न सफल भएको थिए । जसमा नियात्राकार युवराज नयाँघरे, सस्कृतिविद मल्ल के सुन्दर, कवि स्नेह सायमी, अध्यक्ष डा. विजय सुब्बा,उपन्यासकार तारा राई (झापा) , सुजित तामाङ, भारतका डा. राज कुमार क्षेत्री, मोहराज शर्मा एपीवन टेलिभिजन, नाटयकर्मी तथा कुलपति निशा शर्मा, सासद तथा हालका शिक्षा मन्त्री रघुजी पन्तसँग समेत फोटो सेसन गरेर सम्झनालाई कैद गरियो । आयोजक समितिका फुलमान वल, शशी लुमुम्बु, अशोक कुमार राई, यशोदा अधिकारी र जयन्ता पोखरेलसँग पटक पटक फोन बार्ता भएपनि फोटो सेसन गर्ने वातावरण तय भएन । लामो समय र अझै कार्यक्रमको व्यस्तता नभएको भएमा धेरै महानुभावहरुसँग फोटो खिचेर ल्याउने चाहना र लोभ मनमा रहिरहयो । मैले एकतर्फी चिनेका तर दोहोरो सम्बाद गर्न बाँकी र दुई जनाको फोटो सेसन गर्ने काममा अझै धेरै बाँकी रहयो । भोलिका दिनहरुमा समय र परिस्थितिले साथ दिएमा फोटो सेसन र सफलता हासिल हुने नै छ ।

प्रधानमन्त्री निवास बालुवाटार र बुढानिलकण्ठ मन्दिरको दर्शनमा पहिलो अनुभव

म काठमाडौमा पटक पटक गएपनि बालुवाटार र बुढानिलकण्ठमा भ्र्र्रमण गर्ने तारतम्य मिलेको थिएन । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मिलनमा सहभागीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवचन र रात्री भोज मेरा लागि पहिलो र उत्सुकताको अनुभव भयो । रात्रीकालीन कार्यक्रम भएकोले राती झन्डै ११ बजे सम्म भएको थियो । बुढानिलकण्ठ मन्दिर परिसरको मन्दिरको दर्शन समेत धार्मिक पर्यटनका हिसाबले अदभुत यात्रा र भ्रमण मेरा लागि रहयो । टेलिभिजनको पर्दामा बारम्बार देखेको तर बास्तविक आखाले देख्न नपाएका स्थलहरु भ्रमण गर्न पाउन अहोभाग्य नै मानेको छु । बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरले हामीलाई गरेको स्वागत र सम्मान उच्च स्तरको थियो ।

अन्तमा

हिमवत्खण्ड कला –साहित्य– संस्कृति सम्मिलनमा कला उत्सवमा चित्र सृजना र प्रदर्शनीमा प्रत्यक्ष ललित कलाका कलाकार मार्फत सृजनाहरु अवलोकन अत्यन्त मनमोहक र दिर्घकालीन रुपका फाइदा पुग्ने हिसाबले अवलोकन गर्ने काम भयो । मेरा साथी गणेश जि.सी.को संयोजकत्वमा भएको पाउदा खुशी लाग्यो । सांस्कृतिक महोत्सव राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौमा साँझको समयमा भएको कार्यक्रममा भारत, नेपाल लगायतका देशहरुको बहुत राम्रो प्रस्तुती भयो । कविता उत्सव, सम्मान तथा सम्झना – चिनो समर्पण कार्यक्रममा म साँझको बसमा बागलुङ फर्कनु पर्ने भएकोले अन्तिममा छुटेकोले आत्मग्लानी भएको थियो । सम्झना तथा चिनो स्वरुप कितावका झोलाहरु प्रदान गर्नु पठन सस्कृतिको लागि राम्रो अभ्यास र थालनी भएको महसुस भयो । मैले पनि आफु आयोजक भएको कार्यक्रमहरु मायाको चिनो स्वरुप पुस्तक दिने प्रचलन सुरुवात गरेको छु । आफु सहभागी कार्यक्रमहरुमा मायाको चिनो स्वरुप पुस्तक दिन अनुरोध गर्दै आएको छु । समय र परिस्थितलेले साथ दिएमा आगामी दिनहरुमा हुने सम्मिलनहरुमा सहभागी हुने सोच र योजना बनेको छ । काठमाडौमा रहेका विभिन्न साहित्यीक पत्रपत्रिकाहरु, संघसस्थाहरुसँग हातेमालो गर्दै आफुले सृजना गरेका कविता, लेख, रचनाहरुको प्रकाशन गर्ने धोको छ । मिल्छ भने आदरिणय अग्रजहरुसँगको साथ र सहयोगले मैले प्रकाशित गर्ने किताबहरुको सम्पादन र प्रकाशनको अनुभवहरुमा पुरा आत्मीय सहयोगको अपेक्षा गरेको छु । मोफसल बागलुङ जिल्लाको भकुण्डेमा बसेर केन्द्र राजधानी र प्रदेश राजधानी पोखरामा हुने कार्यक्रमहरुमा नियमित सहभागीता जनाउन गाह्रो हुदो रहेछ । अन्तमा कला, साहत्यि र सस्कृतिको श्रीवृद्धिमा सहभागी हुन र अनुसन्धानमुलक कार्यमा लाग्ने चाहनामा बढोत्तरी आओस भन्न मात्र चाहान्छु ।

 

कमेन्टहरु