राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नवलपुर टुडे
२०८२ बैशाख २६ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


















